काठमाडौं । सरकारले नयाँ आर्थिक वर्षदेखि मासिक पोषण भत्ता वापत एक हजार दिने घोषणा गरेको छ। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले यस्तो बताएका हुन् ।
सरकारले बजेट भाषण मार्फत पहिला भन्दा थप गरी दोब्बर दिने घोषण गरेको हो। यस अघि पोषण भत्ता वापत मासिक ५ सय रुपैंया वितरण हुँदै आएकोमा थप ५ सय गरी एक हजार रुपैंया दिने घोषणा सरकारले गरेको छ ।












