काठमाडौं । नेपाललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी ग्रे लिस्टबाट यथाशीघ्र हटाउने सरकारले घोषणा गरेको छ । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले यस्तो बताएका हुन् ।
उनले सरकारले वित्तीय पारदर्शिता र नियामकीय सुधारलाई प्राथमिकतामा राखेको जनाउको छन् । डा. स्वर्णिम वाग्लेले भने, “नेपाललाई सम्पत्ति शुद्धीकरण सम्बन्धी ग्रे लिष्टबाट यथासक्य छिटो बाहिर निकाल्नेछौं ।”












