काठमाडौं । सरकारले आगामी पाँच वर्षभित्र हरेक जिल्ला र सदरमुकाम जोड्ने सडक तथा पुलको स्तरोन्नति गर्ने घोषणा गरेको छ । आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले यस्तो बताएका हुन् ।
यात्रा सुरक्षा र सडक सुधार गरी दुर्घटनाबाट हुने मानविय क्षतिलाई न्युनिकरण गर्ने उनले बताएका छन् ।












