काठमाडौं । नेपाली बजारमा आज जेठ १५ गते आज सुन चाँदीको भाउमा भारी वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन चाँदीको भाउ तोलामा ५ हजार ६ सय रुपैयाँले बढेको हो।
योसँगै आज सुन प्रतितोला २ लाख ९० हजार ६ सय रुपैयाँ कायम भएको छ। हिजो सुन प्रतितोला २ लाख ८५ हजार रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा १७५ रुपैयाँले बढेको छ । यससँगै आज चाँदी ५ हजार ४० रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलाको ४८ सय ६५ रुपैयाँमा कारोबार भएको थियो।












