IME Life New

आज सार्वजनिक बिदा, इस्लाम धर्मावलम्बीहरुले बकर ईद मनाउँदै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारले आज जेठ १४ गते सार्वजनिक बिदा दिने भएको छ । इस्लाम धर्मावलम्बीहरुको पर्व बकर ईद (इद उल अजाह) को अवसरमा देशभर सार्वजनिक विदा दिने निर्णय गरेको हो । गृह मन्त्रालयले आज एक सूचना जारी गर्दै सार्वजनिक बिदा दिने बताएको छ ।

यस अवसरमा सरकारी कार्यालय, बीमा कम्पनीहरु, बैंक तथा वित्तीय संस्था र शेयर बजार पनि बन्द रहेनेछन् ।

Esewa
Crest

जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा सार्वजनिक बिदा परेको छ । यसैदिन बजेट भाषण हुनेछ ।

यस दिन बिहान सबैरै उठेर नुहाइ धुवाई गरी शुद्ध हुने र खुलास्थान वा मस्जिदहरूमा गई नमाज पढ्नुका साथै अङ्गालोमा बाँधिएर एक आपसमा शुभकामना आदानप्रदान गर्ने गरिन्छ। नवाज पढेर घर फर्किएपछि खसी, बाख्रा, राँगा र भैंसीको कुर्वानी (वली) दिने परम्परा छ। वली दिइएको पशुको मासु तीन भाग लगाइन्छ, त्यसमध्ये एक भाग आफ्नोलागि अर्को एक भाग आफ्ना नजीकका मित्रलाई र अन्तिम् तेस्रो भाग गरीब तथा असहायलाई दिने गरिन्छ।

मुस्लिम धर्मग्रन्थका अनुसार आजभन्दा लगभग चार हजार वर्ष पहिले हजरत इब्राहिमले सपनामा आफ्नो परमेश्वरले आफ्नो सबभन्दा प्रिय वस्तु मलाई चढाउ भनेको देखेपछि आफ्नै छोरालाई आफैले छुरी रोपेर बलि दिएको देखेपछि भोलिपल्ट विपनामा त्यसैगरी छुरी हान्दा छोरालाई केही नभई आफूसंग रहेको भेंडा मरेपछि सोही घटनाको सम्झना स्वरूप यो पर्व मनाउन थालिएको हो। कुर्वानीको उद्देश्य जीवन र मरण सम्पूर्ण नै ईश्वरकोलागि हो भन्ने भावना जागृत गराउनु हो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS