IME Life New

नेपाल एसबिआई मर्चेन्टद्वारा विद्यालयलाई शैक्षिक सामग्री वितरण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत श्री राष्ट्रिय माध्यमिक विद्यालय, इन्द्रायणी, काठमाडौंमा अध्ययनरत विद्यार्थीहरूलाई शैक्षिक सामग्री, ब्याग तथा कुर्सीहरु वितरण गरेको छ । शिक्षा क्षेत्रमा सकारात्मक योगदान पु¥याउने उद्देश्यले आयोजित उक्त कार्यक्रम विद्यालय परिसरमा सम्पन्न भएको हो ।

कार्यक्रममा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार भण्डारी, सञ्चालन प्रमुख केदार प्रसाद पुडासैनी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तुलसी नारायण श्रेष्ठ, विद्यालयका प्रधानाध्यापक अर्जुन कारञ्जित, शिक्षक–शिक्षिका तथा विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो ।

Esewa
Crest

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार भण्डारीले गुणस्तरीय शिक्षामा पहुँच विस्तार गर्नु समाजप्रतिको साझा दायित्व भएको उल्लेख गर्दै विद्यार्थीहरूको उज्ज्वल भविष्य निर्माणमा निजी क्षेत्रको सहकार्य आवश्यक रहेको बताए । उनले शिक्षा, स्वास्थ्य तथा सामाजिक विकासका क्षेत्रमा नेपाल एसबिआई मर्चेन्टले विगतदेखि नै विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू सञ्चालन गर्दै आएको र आगामी दिनहरूमा पनि यस्ता कार्यक्रमलाई अझ प्रभावकारी रूपमा निरन्तरता दिइने जानकारी दिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तुलसी नारायण श्रेष्ठले विद्यालय तथा विद्यार्थीहरूको आवश्यकतालाई मध्यनजर गर्दै गरिएको सहयोगप्रति नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडप्रति हार्दिक आभार व्यक्त गरे । उनले यस्ता सहयोगले विद्यार्थीहरूमा अध्ययनप्रति थप उत्साह र प्रेरणा प्राप्त हुने विश्वास व्यक्त गरे ।

नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडले वित्तीय सेवासँगै सामाजिक उत्तरदायित्वलाई संस्थागत मूल्यमान्यताको महत्वपूर्ण अङ्गका रूपमा आत्मसात गर्दै समाजमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यका साथ विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ ।

श्री राष्ट्रिय माध्यमिक विद्यालय, शंखरापुर नगरपालिका वडा नं. ०९, इन्द्रायणी, काठमाडौमा कुल २६५ जना विद्यार्थीहरु अध्ययन अध्यापन गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS