काठमाडौं । मुलुकको सार्वजनिक ऋणको आकार पौने २९ खर्ब नाघेको छ।
अर्थ मन्त्रालयले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२।८३ को आर्थिक सर्वेक्षण प्रतिवेदनले यस्तो देखाएको हो। प्रतिवेदनअनुसार चालु आर्थिक वर्षको फागुनसम्म सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब ३० करोड रुपैयाँ पुगेको छ।
कुल सार्वजनिक ऋणमा बाह्य ऋणको हिस्सा ५३.२ प्रतिशत र आन्तरिक ऋणको हिस्सा ४६.८ प्रतिशत रहेको छ। कुल गार्हस्थ उत्पादनको अनुपातमा चालु आर्थिक वर्षको फागुनसम्म सार्वजनिक ऋण ४३.६ प्रतिशत पुगेको छ। गत आर्थिक वर्षको फागुनसम्म यस्तो अनुपात ४३.२ प्रतिशत थियो।












