काठमाडौं । चालु आर्थिक वर्ष २०८२।८३ मा मुलुकको आर्थिक वृद्धिदर ३.८५ प्रतिशत रहने अनुमान गरिएको छ।
अर्थ मन्त्रालयले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण प्रतिवेदनले यस्तो देखाएको हो। यो आर्थिक वृद्धिदर गत आर्थिक वर्ष २०८१।८२ को तुलनामा कम हो। गत आर्थिक वर्षमा मुलुकको आर्थिक वृद्धि ४.४३ प्रतिशत रहेको थियो।
चालु आर्थिक वर्षमा बागमती र गण्डकी प्रदेशकबाहेक सबै प्रदेशको आर्थिक वृद्धिदर राष्ट्रिय औसतभन्दा न्यून रहने अनुमान प्रतिवेदनमा गरिएको छ।
यसैगरी चालु आर्थिक वर्षमा अमेरिकी डलरमा प्रतिव्यक्ति कुल गार्हस्थ उत्पादन १ हजार ५१३ र प्रतिव्यक्ति राष्ट्रिय आय १ हजार ५३५ तथा प्रतिव्यक्ति राष्ट्रिय खर्चयोग्य आय २ हजार ४४ रहने अनुमान छ।












