काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा साल्ट ट्रेडिङ्ग कर्पोरेशनको शेयरमूल्य समायोजन भएको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।
नेप्सेले यस दिन कम्पनीको ९.५० प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजनपछि कम्पनीको शेयरमूल्य ५ हजार ४२४ रुपैयाँ ५७ पैसा कायम भएको छ। नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्य प्रतिकित्ता ५ हजार ९३९ रुपैयाँ ९० पैसाको आधारमा मूल्य समायोजन भएको हो ।
यही समायोजित मूल्यलाई आधार मानेर आज दोस्रो बजारमा कम्पनीको शेयर कारोबार खुल्नेछ। कम्पनीले जेठ २९ गते, शुक्रबार, त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौँमा ५९ औँ वार्षिक साधारण सभा बोलाएको छ।












