IME Life New

जलविद्युत आयोजनाको जोखिमले बैंकिङ क्षेत्र नै धराशायी हुने खतराः प्रतिवेदन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जलविद्युत क्षेत्रमा बढ्दो प्राकृतिक र बीमासम्बन्धी जोखिमले अब नेपालको वित्तीय तथा बैंकिङ क्षेत्रलाई नै संकटमा पार्न सक्ने चेतावनी विज्ञहरुले दिएका छन्।

नेपाल बीमा प्राधिकरणले प्रकाशन गरेको नेपालको जलविद्युत आयोजनासँग सम्बन्धित अध्ययन प्रतिवेदनअनुसार जलवायु परिवर्तनको प्रभावका कारण जलविद्युत आयोजनाहरुमा क्षति नोक्सानी बढेको छ। तर, क्षति व्यहोर्नका लागि पर्याप्त पुनर्बीमा व्यवस्था गरिएको छैन। न्यून बीमा र तोकिएको बीमाशुल्क दरभन्दा सस्तो बीमाशुल्कमा निर्जीवन बीमकले जोखिम व्यहोर्ने प्रवृत्तीले वास्तविक नोक्सानी भएको अवस्थामा क्षति व्यहोर्न सक्ने अवस्था नरहने चिन्तासमेत व्यक्त गरिएको छ।

Esewa
Crest

प्रतिवेदनमा जलविद्युत आयोजनामा निहीत जोखिम समावेश गरेर विशिष्टीकृत बीमा योजना प्रचलनमा ल्याइनुपर्ने सुझाव दिइएको छ। जलवायु परिवर्तनको मारमा रहेका नेपाली जलविद्युत आयोजनाका लागि प्यारामेट्रिक बीमा योजना उपयुक्त समाधान हुन सक्छ।

नेपाली वाणिज्य बैंकहरुले सर्वसाधारणको निक्षेपबाट जलविद्युत आयोजनाहरुमा सहवित्तीयकरणमार्फत अर्बौं रुपैयाँ ऋण लगानी गरेका छन्। आयोजनाको पुँजीगत संरचनाअनुसार कुल पुँजीको ४० देखि ७० प्रतिशतसम्म ऋण अंश हुन्छ।

यदि कुनै ठूलो आयोजना बाढीले बगायो र बीमा कम्पनीले प्राविधिक वा कानूनी दाउपेच देखाएर भुक्तानी दिएन भने त्यो आयोजनाले बैंकको साँवा–ब्याज चुक्ता गर्न सक्दैन। यसले बैंकहरुमा खराब कर्जा बढाउने र समग्र अर्थतन्त्र नै संकटमा पर्ने देखिन्छ।

निर्माणाधीन र निर्माण सम्पन्न ९ हजार ९० मेगावाट तथा विकासको चरणमा रहेका ३६ हजार ३३६ मेगावाटको आयोजनामा स्वपुँजीका रुपमा निजी क्षेत्रले साढे ४ खर्ब लगानी गरिसकेको छ। स्वतन्त्र उर्जा उत्पादक संगठन (इप्पान) ले प्रकाशन गरेको एक प्रतिवेदनअनुसार नेपालको जलविद्युत आयोजना, विद्युत प्रशारण लाइन निर्माण र सबस्टेसनहरुमा करिब १३ खर्ब रुपैयाँबराबरको लगानी भइसकेको छ।

यसैगरी नेपाल धितोपत्र बोर्डका अनुसार विद्युत् आयोजनामा हाल साढे ५ लाख संस्थापक लगानीकर्तासँगै ४८ अर्ब रुपैयाँ बराबर साढे १ करोड नेपालीले सेयरमार्फत सहभागिता जनाएका छन्। धितोपत्र बजारमा सूचीकृत ९९ आयोजनामा प्रवर्द्धक शेयरधनी र सर्वसाधारणको गरी पौने २ खर्ब रुपैयाँबराबरको शेयर छ।

बीमा प्राधिकरणले प्रकाशन गरेको नेपालको जलविद्युत आयोजनासँग सम्बन्धित अध्ययन प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८१।८२ मा जलविद्युत आयोजनाहरुको कुल ४ खर्ब २८ अर्ब ४५ करोड रुपैयाँबराबरको जोखिम बीमा गरिएको थियो। यो रकम जलविद्युत क्षेत्रमा भएको सम्पूर्ण लगानीको जोखिम बहन गर्न पर्याप्त छैन।

प्यारामेट्रिक बीमा योजना

माथिल्लो त्रिशूली १ जलविद्युत आयोजनामा स्विस रि समूहको अगुवाइमा प्यारामेट्रिक बीमा योजना लागू गरिएको छ। यो बीमा उत्पादनले जलविद्युत आयोजनाको विशेष प्रकृतिको जोखिम बहन गर्छ। यो बीमा योजनामा पूर्वनिर्धारित मौसमी परिवर्तन, वर्षा, बाढी, पहिरो र भूकम्पसम्बन्धी सूचकका आधारमा तत्कालै बीमितलाई क्षतिपूर्ति प्रदान गरिन्छ। यसमा स्वदेशी र विदेशी विज्ञ सर्भेयरले क्षतिको स्थलगत अध्ययन गर्ने, क्षतिसम्बन्धी प्रतिवेदन तयार पार्ने, बीमकले प्रतिवेदन विश्लेषण गर्ने, पुनर्बीमकले क्षतिको पुनर्मूल्यांकन गर्ने र सम्पूर्ण प्रक्रिया पूरा गरेरमात्र क्षतिपूर्तिबापतको रकम भुक्तानी गर्ने परम्परागत विधिको प्रयोग गरिंदैन। तत्कालै भुक्तानी दिने भएकाले परियोजनाको पुनर्निर्माण कार्य तत्कालै सुरु गर्न आयोजनाका लगानीकर्तालाई यो बीमा योजनाले राहात दिन्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS