IME Life New

दाबी भुक्तानीमा अनावश्यक ढिलाइ हुँदा आर्थिक संकटमा स्वदेशी जलविद्युत आयोजनाहरु

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बाढीपहिरोबाट क्षतिग्रस्त भएका जलविद्युत आयोजनाहरुले बीमा कम्पनीहरुबाट समयमै दाबी भुक्तानी नपाउँदा ठूलो आर्थिक संकट झेलिरहेका छन्।

नेपाल बीमा प्राधिकरणले प्रकाशन गरेको जलविद्युत आयोजनासँग सम्बन्धित अध्ययन प्रतिवेदनका अनुसार जलविद्युत आयोजनामा क्षति पुगेपछि बीमा दाबी फर्छ्यौट हुन ६ महिनादेखि १ वर्ष वा सोभन्दा बढी समय लाग्ने गरेको छ। यस अवधिमा आयोजना बन्द हुँदा प्रवर्द्धकहरुले बैंकको ब्याजसमेत तिर्न नसक्ने अवस्था आउँछ।

Esewa
Crest

जलविद्युतका मेसिनरी र सिभिल इन्जिनियरिङसम्बन्धी क्षतिको सही मूल्यांकन गर्न सक्ने दक्ष र विशेषज्ञ ‘बीमा सर्भेयर’को नेपालमा चरम अभाव छ। जसले गर्दा दाबी प्रक्रिया सधैँ गिजोलिने गरेको छ।

जलविद्युत आयोजनामा बाढी आउँदा भौतिक संरचनाको मात्र क्षति हुँदैन। सबैभन्दा ठूलो घाटा विद्युत उत्पादन बन्द हुँदा हुने आम्दानीको संकट हो। पहिरोले प्रसारण लाइन ढल्दा वा सुरुङमा समस्या आउँदा महिनाौँसम्म नेपाल विद्युत प्राधिकरणलाई बिजुली बेच्न पाइँदैन। भौतिक मर्मत खर्च थोरै भए पनि दैनिक आम्दानी रोकिँदा आयोजनाहरु टाट पल्टिने अवस्थामा पुग्छन्।

अध्ययनले दाबी व्यवस्थापनमा रहेका निरन्तरका चुनौतीहरुलाई पनि उजागर गरेको छ। केही बीमा कम्पनीहरुले दाबी अनुपातलाई प्रभावकारी रुपमा नियन्त्रण गर्दै भुक्तानी हुन बाँकी दाबीहरुलाई व्यवस्थापन गर्न सके पनि अन्य कम्पनीहरु भने दाबी फर्छ्यौटमा ढिलाइ, उच्च मूल्यका दाबीहरु र उतारचढावपूर्ण फर्छ्यौट प्रवृत्तिका कारण संघर्षरत देखिएका छन्।

आर्थिक वर्ष २०७७।७८ मा ६३.३१ करोड रुपैयाँ रहेको भुक्तानी हुन बाँकी दाबी, आर्थिक वर्ष २०८१।८२ मा बढेर २१६.२६ करोड रुपैयाँ पुगेको छ। यसले दाबीको चाङ बढ्दै गएको देखाउँछ र दाबी प्रक्रियालाई अझ बढी चुस्त एवं प्रभावकारी बनाउनुपर्ने आवश्यकतालाई औंल्याउँछ।

सोही अवधिमा दाबी फर्छ्यौट अनुपात १९७.१४ प्रतिशतबाट घटेर ४७.१३ प्रतिशतमा झरेको छ। जसले जटिल वा उच्च मूल्यका दाबीहरु सुल्झाउन ढिलाइ भइरहेको संकेत गरेको प्रतिवेदनमा उल्लेख छ। प्रतिवेदनका अनुसार, पुनर्बीमा सोधभर्ना भने दाबीको गम्भीरता र प्रकृतिका आधारमा उतारचढावपूर्ण रहेको देखिन्छ।

व्यापारिक अवरोधको बेवास्ता

नेपालका धेरैजसो जलविद्युत प्रवर्द्धकहरुले यस्तो ‘व्यापारिक अवरोध’ बीमाको महत्व बुझेका छैनन् वा बीमाशुल्क जोगाउन यसलाई बेवास्ता गर्छन्। जसले गर्दा संकटको बेला उनीहरु पूर्ण रूपमा असुरक्षित हुन्छन्।

नेपालको बीमा क्षेत्रमा जलविद्युतजस्तो जटिल प्राविधिक क्षेत्रको क्षति मूल्यांकन गर्न सक्ने जनशक्तिको ठूलो खडेरी देखिएको छ। हाल नेपालमा उपलब्ध धेरैजसो सर्भेयर साधारण बीमा (गाडी, घर आदि) को पृष्ठभूमिबाट आएका छन्।

हाइड्रोमेकानिकल, भूगर्भ शास्त्र र उच्च भोल्टेज इलेक्ट्रिकल इन्जिनियरिङ बुझेका विशेषज्ञ सर्भेयर नहुँदा क्षतिको वास्तविक मूल्यांकन हुन सक्दैन। विज्ञ जनशक्तिको अभावका कारण बीमा कम्पनी र प्रवर्द्धकहरुबीच सधैँ असमझदारी र मुद्दा–मामिला हुने गरेको छ। यो समस्या समाधान गर्न नेपालमै विशेष तालिम केन्द्रहरुको आवश्यकता छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS