काठमाडौं । आज नेप्से परिसूचक ९ दशमलव २४ अंकले घटेर २,७७७ को विन्दुमा कायम भएको छ । आज ६९ कम्पनीको शेयर मूल्य बढेको छ भने १९० कम्पनीको शेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै कालिञ्चोक हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९ दशमलव २३ प्रतिशतका दरले कमाएका छन् । कुथेली बुखरी हाइड्रोका लगानीकर्ताले ६ प्रतिशतका दरले कमाएका छन् । त्रिशुली जलविद्युतका लगानीकर्ताले ५ दशमलव ८६ प्रतिशतका दरले कमाएका छन् । सिर्जनशील लघुवित्तका लगानीकर्ताले ५ दशमलव ६५ प्रतिशतका दरले कमाएका छन् ।













