IME Life New

बैंकहरुले प्रदान गर्ने कर्जाको स्थिर र परिवर्तनशील ब्याजदरमा कस्तो छ व्यवस्था ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बैंकहरुले ग्राहकलाई प्रदान गर्ने कर्जाको ब्याजदर निर्धारण गर्दा तोकिएको मापदण्ड तय गर्नुपर्ने हुन्छ।

नेपाल राष्ट्र बैंकको नियमभित्र रहेर बैंक तथा वित्तीय संस्थाले कर्जाको ब्याजदर निर्धारण गर्नुपर्ने हुन्छ। बैंकहरुले प्रदान गर्ने कर्जाको ब्याजदर स्थिर वा परिवर्तनशील हुन सक्छ। स्थिर ब्याजदर तोकिएको अवधिसम्म बढ्दैन भने परिवर्तनशील ब्याजदर संस्थाको आधार दरमा आएको परिवर्तनअनुसार थपघट हुने गर्दछ।

Esewa
Crest

परिवर्तनशील ब्याजदरमा कर्जा प्रदान गर्दा बैंक तथा वित्तीय संस्थाले आफ्नो आधार दरमा प्रिमिमय थप गरी ब्याजदर तोक्न सक्ने राष्ट्र बैंकले आज जारी गरेको वित्तीय चेतनाका लागि सचेतनामूल सूचनामा उल्लेख छ। ‘यस्तो प्रिमियम ऋणीको जोखिम मूल्यांकन गरी तय गर्नुपर्दछ’, सूचनामा भनिएको छ, ‘एकपटक प्रिमियम दर निर्धारण गरी ऋणीलाई दिइने कर्जा प्रस्तावपत्रमा उल्लेख गरी कर्जा स्वीकृत गरेपश्चात प्रिमियम दर वृद्ध गर्न वा कुनै किसिमको डिस्काउन्ट प्रदान गरी पुनः स्वतः वृद्धि हुनेजस्ता योजना लागू गर्न नपाइने व्यवस्था छ।’

परिवर्तनशील ब्याजदरमा कर्जा लिने ग्राहकले आफूले लिने कर्जामा तोकिएको आधार दर र प्रिमियम दर सम्बन्धमा कर्जा प्रस्तावपत्र लिँदा बखतमै प्रस्ट हुनुपर्ने राष्ट्र बैंकको भनाइ छ। ‘त्यसपछि आधार दरमा भएको परिवर्तनका कारण ब्याजदरमा के–कति परिवर्तन भएको हो र कुन मितिदेखि लागू हुने हो भन्नेबारेमा सम्पूर्ण जानकारी सम्बन्धित कर्जा प्रदान गर्ने संस्थाबाट लिई प्रस्ट हुनुपर्छ’, केन्द्रीय बैंकले भनेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS