काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार शेयर बजार दोहोरो अंकले बढेको छ। यो दिन नेप्से परिसूचक २७.८५ अंकले बढेर २७८६.३५ को विन्दुमा बन्द भएको हो।
बजार बढ्दा नेप्से उपसमूहमा रहेका १२ वटा समूह बढेका छन् भने एउटा समूह घटेको छ। यो दिन जलविद्युत समूह सर्वाधिक १.५० प्रतिशतले बढ्दा म्युचुअल फन्ड समूह ०.२० प्रतिशतले घटेको छ।
आज बजारमा २३५ कम्पनीको शेयरभाउ बढेको छ भने २८ कम्पनीको घटेको छ। यो दिन ७ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।
बजारमा आज करिब ६ अर्ब रुपैयाँको कारोबार भएको छ। सर्वाधिक कारोबार आँखुखोला जलविद्युतको भएको छ।
उच्च कारोबार भएका १० कम्पनी
- आँखुखोला जलविद्युतः ६० करोड २० लाख रुपैयाँ
- रिडी पावरः ३० करोड १७ लाख रुपैयाँ
- अपी पावरः १८ करोड ४० लाख रुपैयाँ
- नेसनल हाइड्रोपावरः १५ करोड २० लाख रुपैयाँ
- ङादी ग्रुप पावरः १४ करोड ६१ लाख रुपैयाँ
- सहास ऊर्जाः १४ करोड ४८ लाख रुपैयाँ
- रिलायन्स स्पिनिङ मिल्सः १४ करोड ३१ लाख रुपैयाँ
- सोलु हाइड्रोपावरः १२ करोड ३१ लाख रुपैयाँ
- शिवम सिमेन्टः ११ करोड ३ लाख रुपैयाँ
- एसवाई प्यानलः ९ करोड ९२ लाख रुपैयाँ












