काठमाडौं । नेपाल बीमा प्राधिकरणले ‘दाबी भुक्तानीसम्बन्धी मार्गदर्शन, २०८१’मा संशोधन गर्ने भएको छ।
प्राधिकरणले समयानुकूल, व्यवहारिक तथा प्रभावकारी बनाउन आवश्यक भएकोले उक्त मार्गदर्शनमा संशोधन गर्न लागिएको जानकारी गराएको छ। यसका लागि विषय, व्यवस्था, प्रक्रिया तथा प्रवधानका सम्बन्धमा स्पष्ट सुझाव, औचित्य तथा आवश्यक भएमा प्रस्तावित संशोधन व्यवहोराको आफ्ना राय र सुझाव उपलब्ध गराउन प्राधिकरणले आग्रह गरेको छ।
सरोकारवाला निकाय, बीमक, पुनर्बीमक, बीमा सर्भेयर, बीमा अभिकर्ता, बीमित तथा सर्वसाधारणले आफ्ना राय–सुझाव पेस गर्न सक्नेछन्। सुझाव १५ दिनभित्र प्राधिकरणले उपलब्ध गराएको ई–मेल ठेगाना ([email protected]) मा तथा पत्रमार्फत ललितपुरको कुपण्डोलस्थित प्राधिकरणको कार्यालयमा रहेको नियमन महाशाखामा पेस गर्न सकिनेछ।












