IME Life New

दिउँसो साढे ३ बजे मन्त्रिपरिषदको बैठक, के धितोपत्र बोर्डले आज अध्यक्ष पाउला ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मन्त्रिपरिषदको बैठकले आज बस्दैछ। बैठक साढे ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सुरु हुनेछ।

प्रधानमन्त्री बालेन शाहको नेतृत्वमा बस्न लागेको बैठकले केही महत्वपूर्ण निर्णय गर्न लागेको बताइएको छ। सोही बैठकले नेपाल धितोपत्र बोर्डमा रिक्त रहेको अध्यक्ष पदमा नियुक्ति गर्ने निर्णय पनि गर्न सक्ने स्रोत बताउँछ।

Esewa
Crest

सरकारले अध्यक्ष नियुक्ति सिफारिस समितिले ४७ जना उम्मेदवारमध्ये ४ जनाको नाम सर्टलिस्ट गरिसकेको छ। सर्टलिस्टमा परेका उम्मेदवारहरुले अर्थ मन्त्रालयमा समितिका पदाधिकारीसँग छलफल पनि गरिसकेका छन्।

अर्थ मन्त्रालयले पनि समितिबाट सिफारिस भई आएका ३ जनाको उम्मेदवारको नाम मन्त्रिपरिषदसमक्ष सिफारिस पेस गरिसकेको स्रोत बताउँछ। अब तिनै उम्मेदवारमध्ये एकजनालाई मन्त्रिपरिषदको बैठकले सेबोनको अध्यक्षमा नियुक्त गर्नेछ।

यसअघि समितिले सर्टलिस्टमा सेबोनका पूर्वकार्यकारी निर्देशक नवराज अधिकारी र कार्यकारी निर्देशक विनयदेव आचार्य तथा नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक मुकुन्दबहादुर क्षत्री र गोपालप्रसाद भट्ट पारेको थियो।

गत वैशाख ४ गते सन्तोष नारायण श्रेष्ठले राजीनामा दिएपछि धितोपत्र बोर्डमा अध्यक्षको पद खाली रहेको छ। तत्कालीन सरकारले श्रेष्ठलाई २०८१ मंसिर १० गते धितोपत्र बोर्डको अध्यक्षमा नियुक्त गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS