IME Life New

एएमएल नेपालद्वारा गरिमा क्यापिटलका कर्मचारीका लागि एएमएल सीएफटी तालिम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालमा Anti–Money Laundering -AML tyf Countering the Financing of Terrorism -CFT सम्बन्धी परामर्श सेवामा विशेषीकृत एकमात्र संस्था AML Nepal n] Garima Capital Limited का कर्मचारीहरूका लागि धितोपत्र बजार केन्द्रित एकदिने AML/CFT तालिम कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ ।

उक्त तालिम कार्यक्रमको मुख्य उद्देश्य धितोपत्र बजार, विशेषगरी मर्चेन्ट बैंकिङ व्यवसायमा AML/CFT सम्बन्धी व्यावहारिक ज्ञान, नियामकीय दायित्व तथा अनुपालन क्षमताको अभिवृद्धि गर्नु रहेको थियो। कार्यक्रममा अन्तर्राष्ट्रिय AML/CFT अवधारणा, नेपालको कानुनी तथा नियामकीय व्यवस्था, धितोपत्र बोर्ड नेपालको  निर्देशनअनुसार बजार मध्यस्थकर्ताहरूको भूमिका तथा जिम्मेवारी, साथै मर्चेन्ट बैंकरहरूको व्यावहारिक अनुपालन अपेक्षा लगायतका विषयमा विस्तृत प्रस्तुति गरिएको थियो ।

Esewa
Crest

तालिमको सहजीकरण विज्ञद्वय Shreedhar Adhikari तथा Lekha Nath Pokhrel ले गरेका थिए। कार्यक्रममा गरिमा क्यापिटलका कर्मचारीहरूको उत्साहजनक सहभागिता रहेको थियो भने सहभागीहरूले नेपाली धितोपत्र बजारमा देखिएका वास्तविक अनुपालन चुनौतीहरू तथा उत्कृष्ट अभ्यासबारे सक्रिय छलफल गरेका थिए ।

कार्यक्रमका क्रममा एएमएल नेपालका प्रतिनिधिहरूले नेपालको पूँजी बजारको पारदर्शिता, विश्वसनीयता तथा वित्तीय अपराध नियन्त्रणका लागि प्रभावकारी AML/CFT अनुपालन अपरिहार्य रहेको उल्लेख गर्दै यसले वित्तीय प्रणालीको दीर्घकालीन स्थायित्व र सुदृढीकरणमा महत्वपूर्ण योगदान पु-याउने विश्वास व्यक्त गरे ।

AML Nepal नेपालमा AML/CFT सम्बन्धी परामर्श, तालिम, नीति निर्माण, जोखिम मूल्यांकन तथा निरन्तर अनुपालन सहयोग प्रदान गर्ने अग्रणी विशेषीकृत संस्था हो। संस्थाले बैंक तथा वित्तीय संस्था, धितोपत्र बजारका मध्यस्थकर्ता तथा अन्य Reporting Entities लाई समग्र AML/CFT समाधान उपलब्ध गराउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS