काठमाडौं । नेपाली बजारमा आज जेठ ११ गते सोमबार सुन चाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १९ सय रुपैयाँले बढेको हो।
योसँगै आज सुन प्रतितोला २ लाख ९२ हजार ८ सय रुपैयाँ कायम भएको छ। हिजो सुन प्रतितोला २ लाख ९० हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा १४० रुपैयाँले बढेको छ । यससँगै आज चाँदी ५१ सय ५० रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलाको ५ हजार १० रुपैयाँमा कारोबार भएको थियो।












