काठमाडौं । नेपाली बजारमा आज जेठ ८ गते शुक्रबार सुनको भाउ घटेको छ भने चाँदी बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १ सय रुपैयाँले घटेको हो।
योसँगै आज सुन प्रतितोला २ लाख ९३ हजार ७ सय रुपैयाँ कायम भएको छ। हिजो सुन प्रतितोला २ लाख ९३ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको मूल्य भने बढेको छ । आज चाँदी तोलामा ६५ रुपैयाँले बढेको छ । यससँगै आज चाँदी ५ हजार ११५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलाको ५ हजार ५० रुपैयाँमा कारोबार भएको थियो।












