IME Life New

कालंगा हाइड्रोले आजबाट आइपीओ निष्काशन गर्दै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कालंगा हाइड्रोले आज जेठ ८ गतेदेखि सर्वसाधारणमा आइपीओ बिक्री खुला गर्दैछ । पहिलो चरणअन्तर्गत आयोजना प्रभावित क्षेत्रका स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपीओ जारी गरेपछि कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि बिक्री खुला गर्न लागेको हो।

कम्पनीले सर्वसाधारणलाई १०० रुपैयाँ अंकित दरका कुल २८ लाख ७० हजार कित्ता शेयर जारी गर्नेछ। सर्वसाधारणले यो आइपीओमा न्यूनतममा १० कित्ता र अधिकतममा २० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।

Esewa
Crest

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालय र सीडीएससीको मेरो शेयरबाट आवेदन दिन सक्नेछन्।

यो आइपीओको निष्कासन बन्द छिटोमा जेठ १३ गते र ढिलोमा जेठ २२ गते हुनेछ। आइपीओ बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS