काठमाडौं । आज शेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ । आज नेप्से परिसूचक १२ दशमलगव ३६ अंकले घटेर २,७४२ को विन्दुमा कायम भएको छ । आज ७२ कम्पनीको शेयर मूल्य बढेको छ भने १८८ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज ३४८ कम्पनीको ८९ लाख ५५ हजार ५४५ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ८९ करोड माथिको शेयर कारोबार भएको छ । आज सबेभन्दा धेरै आँखुखोला जलविद्युतको शेयर कारोबार भएको छ । आज यस कम्पनीको १७ करोड ७२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिडी पावरको १५ करोड ७ लाख माथिको शेयर कारोबार भएको छ । बुङल हाइड्रोको १३ करोड ५९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआरएनको १३ करोड ३९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै प्रभु बैंक डिबेञ्चरका इकाईधनीले कमाएका छन् । आज यसका इकाईधनीले ६ दशमलव ६२ प्रतिशतका दरले कमाएका छन् । बुङगल हाइड्रोका लगानकिर्ताले ६ दशमलव १८ प्रतिशतका दरले कमाएका छन् । लक्ष्मी बैंक डिबेञ्चरका इकाईधनीले ५ दशमलव ७६ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै अपर लोहरे खोलाका लगानीकर्ताले गुमाएका छन् । आज यसका लगानीकर्ताले १४ प्रतिशतका दरले गुमाएका छन् ।












