IME Life New

एनआईसी एशिया लघुवित्तको प्रोग्रेस रिभ्यू एन्ड स्टाटिजीक प्लानिङ मिट

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको कर्पोरेट कार्यालय, बनेपाको आयोजनामा आगामी आर्थिक वर्ष २०८३र८४ को बजेट तर्जुमा, कार्यदिशा तथा रणनीति तय गर्ने उद्देश्यले ३ दिने कार्यक्रम सम्पन्न भएको छ । “प्रोग्रेस रिभ्यू एन्ड स्टाटिजीक प्लानिङ मिट” मिति २०८३ साल जेठ ६ गतेदेखि काठमाडौंस्थित रोयल बुटिक होटलमा भव्य रूपमा सुरु भएको छ।

कार्यक्रममा बागमती तथा गण्डकी प्रदेशअन्तर्गतका ५७ शाखाका शाखा प्रबन्धक, उप–प्रदेश प्रमुख तथा प्रदेश प्रमुखहरूको उल्लेखनीय सहभागिता रहेको छ।

Esewa
Crest

कार्यक्रमको पहिलो दिन संस्थाले हालसम्म हासिल गरेका प्रगतिहरूको समीक्षा गर्दै आगामी दिनमा सेवा प्रवाहलाई अझ प्रभावकारी, प्रविधिमैत्री तथा उत्तरदायी बनाउने विषयमा संस्थाका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत मेष बहादुर बस्नेतले आफ्नो धारणा व्यक्त गरे ।

साथै, संस्थागत सुशासन, वित्तीय साक्षरता तथा ग्राहक संरक्षणलाई थप सुदृढ गर्दै सदस्यहरूलाई उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता सहायक प्रमुख कार्यकारी अधिकृत गणेश घिमिरेले व्यक्त गरे ।

जेठ ६ गतेदेखि ८ गतेसम्म सञ्चालन हुने उक्त कार्यक्रममा सहायक महाप्रबन्धक राजेन्द्र न्यौपाने लगायत विभिन्न विभागीय प्रमुखहरूको समेत उपस्थिति रहेको छ भने कार्यक्रमको सहजीकरण तालिम तथा ग्राहक संरक्षण विभागका कर्मचारी सुन्दर कुमार बोटले गरेका थिए ।

संस्थाको भावी रणनीति, दिगो विकास तथा गुणस्तरीय सेवा प्रवाहलाई अझ सुदृढ बनाउन आयोजित यो बैठकले आगामी कार्ययोजनालाई थप प्रभावकारी, परिणाममुखी र संस्थामैत्री बनाउने विश्वास लिइएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS