काठमाडौं । सिद्धार्थ बैंकको २ लाख ७२ हजार बढी कित्ता शेयर बिक्रीमा राखिएको छ।
बैंकको संस्थापक समूहको २ लाख ७२ हजार ७३७ कित्ता शेयर बिक्रीमा राखिएको हो। यो शेयरमा हाललाई बैंकका विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै खरिदका लागि निवेदन दिन सक्नेछन्।
इच्छुक संस्थापक शेयरधनीले आफूले खरिद गर्न चाहेको शेयर संख्या खुलाएर काठमाडौंको नक्सालस्थित बैंकको केन्द्रीय कार्यालयमा रहेको कम्पनी सचिवको कार्यालयमा निवेदन पेस गर्न सक्नेछन्। यसका लागि ३५ दिनको म्याद दिइएको छ।
तोकिएको अवधिभित्र संस्थापक शेयरधनीहरुबाट शेयर खरिदका लागि निवेदन प्राप्त नभएको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई शेयर बिक्री खुला गरिने बैंकले जनाएको छ।












