काठमाडौं । लक्ष्मी सनराइज म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने ‘एलएस होराइजन-१२’ का इकाइहरु खरिद गर्ने आज जेठ ६ गते अन्तिम दिन रहेको छ।
यो योजना इकाइहरु गत वैशाख ३० गतेदेखि बिक्री खुला गरिएको थियो। यस योजनामा आज बैंकिङ समयसम्म खरिद आवेदन दिन सकिनेछ।
यस योजनाको १० रुपैयाँ अंकित दरमा १ अर्ब २० करोड रुपैयाँबराबरको १२ करोड इकाइ बिक्री खुला गरिएको छ। कुल इकाइमध्ये बिज पुँजीबापत १ करोड ८० लाख इकाइ कोष प्रवर्द्धक लक्ष्मी सनराइज बैंकलाई सुरक्षित गरी बाँकी रहेको १० करोड २० लाख इकाइ सर्वसाधरणलाई बिक्री गरिएको छ।
यस योजनामा लगानीकर्ताले न्यूनतम १०० देखि १ करोड २० लाख इकाइसम्म खरिद गर्न आवेदन दिन सक्नेछन्। लगानीकर्ता नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखाहरुका साथै सीडीएससीको मेरो शेयरबाट आवेदन दिन सक्नछन्।
यस योजनाको कोष व्यवस्थापकमा लक्ष्मी सनराइज क्यापिटल रहेको छ। यो १२ वर्षे बन्दमुखीको योजना हो।












