IME Life New

युवा, श्रम तथा रोजगार मन्त्रालय मातहतका निकायका कर्मचारीका लागि नयाँ आचारसंहिता लागू

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । युवा, श्रम तथा रोजगार मन्त्रालयले आफू मातहतका निकायमा कार्यरत कर्मचारीका लागि नयाँ आचारसंहिता लागू गरेको छ।

कर्मचारीको आचरणलाई निष्पक्ष, पारदर्शी, लोकतान्त्रिक एवं सेवामूलक बनाएर समग्र मन्त्रालय र मातहतका निकायको कार्यसम्पादन तथा सेवा प्रवाहमा प्रभावकारिता ल्याउन यो आचारसंहिता लागू गरिएको मन्त्रालयले जनाएको छ। कर्मचारीको आचरण र व्यवहारलाई सदाचारयुक्त, सहयोगी, सेवामुखी, अनुशासित, मर्यादित र व्यवस्थित बनाउन वाञ्छनीय भएकोले सुशासन ऐनबमोजिम कर्मचारीको आचारसंहिता निर्माण गरिएको मन्त्रालयले स्पष्ट पारेको छ।

Esewa
Crest

सेवा प्रवाह गर्दा अब कर्मचारीले उद्देश्यपरकता, इमान्दारिता, कर्तव्यपरायण, सदाचारिता, व्यावसायिक, कार्यशैली र व्यवहार, निष्पक्षता, राजनीतिक तटस्थताका साथै डिजिट प्रणाली, कृत्रिम बौद्धिकता र सामाजिक सञ्जालको मर्यादित प्रयोग गर्नुपर्नेछ। सेवा प्रवाह र सेवाग्राहीको गुनासो व्यवस्थापन पनि सहज ढंगले कर्मचारीले गर्नुपर्नेछ।

आचारविपरीतका कार्य नमानिने

  • आफ्नो विशेषज्ञताका विषयमा लिखित, मौखिक, परामर्श दिने र प्रवचन दिने वा अध्ययन, अनुसन्धान र स्वीकृति लिई अध्यापन गर्ने कार्य।
  • सबैका लागि खुला प्रतिस्पर्धामा सहभागी हुने र पुरस्कार, पदक, प्रमाणपत्र वा प्रशंसापत्र ग्रहण गर्ने।
  • कार्यालयको कामकारबाहीमा प्रतिकूल प्रभाव नपर्ने गरी साहित्य, कला, संस्कृति, खेलकुद, ज्ञान, विज्ञान, प्रविधि, मनोरञ्जनसम्बन्धी कार्यमा सहभगी हुने।
  • सरकारको नीति, उद्देश्य तथा कामकारबाहीमा प्रतिकूल असर नपर्ने किसिमका लेख रचना प्रकाशित गर्ने कार्य।
  • सरकारी काम वा आफ्नो विशेषज्ञता हासिल गर्ने प्रयोजनका लागि गरिएको सामाजिक सञ्जाल र व्यक्तिगत ई–मेलको प्रयोग।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS