काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकहरुको मुद्दति निक्षेपमा ७ अर्ब रुपैयाँ लगानी गर्ने भएको छ।
केन्द्रीय बैंकको पेन्सन तथा उपदान कोषमा रहेको उक्त रकम बैंकहरुको मुद्दति निक्षेपमा लगानी गर्न लागिएको हो। यसका लागि जेठ ६ गते साँझ ७ बजेसम्म ब्याजदर प्रस्ताव गर्न राष्ट्र बैंकले बैंकहरुलाई आह्वान गरेको छ।
कुल रकममध्ये राष्ट्र बैंकले वाणिज्य बैंकमा ५ अर्ब ६० करोड रुपैयाँ, राष्ट्रियस्तरका विकास बैंकमा १ अर्ब ५ करोड रुपैयाँ र राष्ट्रियस्तरका वित्त कम्पनीमा ३५ करोड रुपैयाँ मुद्दति निक्षेपका रुपमा लगानी गर्नेछ।
यो लगानी सन् २०२६ मे २२ देखि २०२७ मे २२ सम्म ३६६ दिनका लागि हुने केन्द्रीय बैंकले जनाएको छ।












