काठमाडौं । हाल सञ्चालनमा रहेका सबै बीमा कम्पनीसँग एलियन्ट इन्स्योरेन्स ब्रोकरसँगको ब्रोकेज कमिसन कारोबारसम्बन्धी विवरण माग गरिएको छ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सबै जीवन, निर्जीवन, पुनर्बीमा र लघु बीमा कम्पनीका नाममा परिपत्र जारी गर्दै कारोबार विवरण माग गरेको हो। पत्रमा पुनर्बीमा ब्रोकर एलियन्ट इन्स्योरेन्स ब्रोकरसँग कुनै पनि सम्झौता तथा ब्रोकेज कमिसन कारोबार भए वा नभएको र भएको भए सोको लेजर र ट्रिटी खुल्ने कागजातसमेत तत्काल उपलब्ध गराउन भनिएको छ।
यसको जानकारी नेपाल बीमा प्राधिकरणलाई समेत उपलब्ध गराई अनुसन्धान गरिदिन विभागले आग्रह गरेको छ।












