IME Life New

‘सानिमा इक्विटी फन्ड-२’ का इकाइहरु खरिद गर्ने आज अन्तिम दिन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सानिमा म्युचुअल फन्डन्तर्गत सञ्चालित हुने सानिमा इक्विटी फन्ड–२ का इकाइहरुमा खरिद आवेदन दिने आज जेठ ४ गते अन्तिम दिन रहेको छ।

योजना व्यवस्थापक सानिमा क्यापिटलले गत वैशाख २४ गतेदेखि यस योजनाका १० रुपैयाँ अंकित दरमा कुल १ अर्ब रुपैयाँबराबरको १० करोड इकाइ बिक्री खुला गरेको थियो। लगानीकर्ताले यस योजनाका इकाइ खरिदका लागि आज बैंकिङ समयसम्म आवेदन दिन सक्नेछन्।

Esewa
Crest

कुल इकाइमध्ये न्यूनतम १ करोड ३० लाख वा कुल बिक्री भएको इकाइ संख्याको न्यूनतम १३ प्रतिशत इकाइ कोष प्रवर्द्धक सानिमा बैंकलाई र २ प्रतिशतले हुन आउने २० लाख इकाइ योजना व्यवस्थापक सानिमा क्यापिटललाई सुरक्षित गरिएको छ। बाँकी ८ करोड ५० लाख इकाइमा लगानीकर्ताले आवेदन दिन सक्नेछन्।

यस योजनाका इकाइ खरिदका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखाहरुसँगै सीडीएससीको मेरो शेयरबाट आवेदन दिन सकिनेछ।

यो १० वर्षे बन्दमुखी योजना हो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS