IME Life New

केही नियामकीय र अनुसन्धान कार्यशैलीप्रति ईक्यान चिन्तित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (ईक्यान)ले केही नियामकीय र अनुसन्धान कार्यशैलीप्रति चिन्ता व्यक्त गरेको छ।

ईक्यानले एउटा विज्ञप्ति जारी गर्दै यस्तो चिन्ता व्यक्त गरेको हो। ‘हालका केही नियामकीय र अनुसन्धानसम्बन्धी कार्यशैलीप्रति ईक्यानको गम्भीर चिन्ता रहेको छ’, विज्ञप्तिमा भनिएको छ, ‘सीमित घटनालाई आधार बनाएर सम्पूर्ण शैक्षिक परामर्श क्षेत्रलाई एउटै दृष्टिले हेर्ने प्रवृत्ति, वैधानिक संस्थाहरुको प्रतिष्ठामा पर्ने असर तथा नेपालको अन्तर्राष्ट्रिय शैक्षिक छवि र विश्वसनीयतामाथि पार्ने नकारात्मक प्रभावप्रति हाम्रो आपत्ति रहेको छ।’

Esewa
Crest

यस्तो सामान्यीकरणले इमान्दार व्यवसायीहरुको मनोबल कमजोर पार्ने र समग्र क्षेत्रको स्थायित्वमा चुनौती सिर्जना गर्ने जोखिम रहेको ईक्यानले जनाएको छ। ‘यो नीतिगत वक्तव्य नेपाल सरकार, सम्बन्धित मन्त्रालयहरु, सुरक्षा निकायहरु, नीति निर्माता, सञ्चार माध्यम, विद्यार्थी तथा अभिभावक, नागरिक समाज तथा अन्तर्राष्ट्रिय शैक्षिक साझेदारहरुलाई सम्बोधन गर्न जारी गरिएको हो’, ईक्यानले भनेको छ।

ecan press

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS