IME Life New

आगामी दिनमा बीमा प्राधिकरण नयाँ ढंगले अगाडि बढ्छ: अध्यक्ष पौडेल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणकी अधयक्ष चन्द्रकला पौडेलले आगामी दिनमा बीमा प्राधिकरण नयाँ ढंगले अगाडि बढ्ने बताएकी छन्।

बीमा प्राधिकरणको ५८ औँ वार्षिकोत्सव केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा अध्यक्ष पौडेलले बीमित, बीमकलगायत सम्बद्ध निकाय एवं संस्थासँगको नीतिगत एवं संस्थागत सहकार्यले बीमा क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै आगामी दिनमा सम्बद्ध सबैको सुझावका आधारमा प्राधिकरण नयाँ ढंगले अगाडि बढ्ने बताएकी हुन्। ‘बीमा क्षेत्रको विकास एवं पहुँच विस्तारका लागि बीमासम्बन्धी नीतिगत सुधार साथै बीमितको हित सुरक्षा, समयमैं दाबी भुक्तानी र गुणस्तरीय सेवा प्रवाहलाई प्राथमिकता दिएर अगाडि बढ्नुपर्छ’, उनले भनिन्।

Esewa
Crest

अध्यक्ष पौडेलले प्राधिकरणले आगामी दिनमा नीतिगत तहमा रहेका कमीलाई पूर्ति गर्दै बीमितको हित संरक्षण, बीमकको संस्थागत सुढीकरण, जोखिममा आधारित निरीक्षण, सुशासन प्रवर्द्धन र डिजिटल रुपान्तरणलाई प्राथमिकताका साथ दिगो रुपमा अगाडि बढाउने जानकारी दिइन्।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदीले बीमा क्षेत्रलाई अझ समावेशी, डिजिटल, जोखिम सचेत र आर्थिक विकासको सहयात्री बनाउन प्राधिकरण दृढ रहेको बताए। उनले बीमा क्षेत्रमा सुशासन र अनुशासन सुदृढ गर्नका लागि प्राधिकरणले नियमन र निरीक्षण कार्यलाई थप प्रभावकारी बनाएको उल्लेख गर्दै आन्तरिक सुशासन, संस्थागत सुदृढीकरण र क्षमता अभिवृद्धिका क्षेत्रमा प्राधिकरणले यस वर्ष फड्को मारेको बताए।

कार्यक्रममा नेपाल बीमक संघका अध्यक्ष वीरेन्द्रबहादुर बैदवार क्षेत्री, नेपाल जीवन बीमक संघका उपाध्यक्ष प्रकाश विक्रम खत्री, नेपाल लघु बीमक संघका अध्यक्ष चिरायु भण्डारी, नेपाल बीमा सर्भेयर एसोसिएसनका अध्यक्ष ऋषि कोइराला, नेपाल पेसागत बीमा अभिकर्ता संघका अध्यक्ष ओमबहादुर केसी र नेपाल बीमा ब्रोकर संघका उपाध्यक्ष नरेश श्रेष्ठले शुभकामना मन्तव्य राखेका थिए।

कार्यक्रममा अध्यक्ष पौडेल र प्राधिकरणको सञ्चालक समितिका सदस्य मानबहादुर अर्यालले प्राधिकरणमा २० वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीहरुलाई सम्मान गरेका थिए।

यसैगरी अध्यक्ष पौडेल, सञ्चालक समितिका सदस्य अर्याल र कार्यकारी निर्देशक सुवेदीले वार्षिकोत्सवका अवसरमा आयोजित विभिन्न खेलकुद प्रतियोगिताका विजयी कर्मचारीलाई पदक तथा प्रमाणपत्र प्रदान गरेका थिए।

कार्यक्रममा प्राधिकरणका सञ्चालक समितिका सदस्य तथा प्राधिकरणका पदाधिकारी, बीमा कम्पनी, लघुबीमा कम्पनी र पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत, नेपाल बीमक संघ, नेपाल जीवन बीमक संघ, नेपाल लघु बीमक संघ, नेपाल बीमा सर्भेयर एसोसिएसन, नेपाल पेशागत बीमा अभिकर्ता संघ तथा नेपाल बीमा ब्रोकर संघका पदाधिकारी र प्राधिकरणका कर्मचारी तथा पूर्वकर्मचारीको सहभागिता थियो। कार्यक्रमको सञ्चालन प्राधिकरणकी उपनिर्देशक श्रद्धा श्रेष्ठले गरेकी थिइन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS