काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८२।८३ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ। त्रैमास सकिएको ४५ दिनभित्र मौद्रिक समीक्षा ल्याउनुपर्ने प्रावधानबमोजिम राष्ट्र बैंकले समीक्षा सार्वजनिक गरेको हो।
केन्द्रीय बैंकले शुक्रबार जारी गरेको मौद्रिक समीक्षामा विदेशी विनिमय सञ्चिति र मुद्रास्फीति राष्ट्र बैंकको लक्ष्यअनुरुप नै रहने प्रक्षेपणका आधारमा न्यून आर्थिक वृद्धिको स्थितिलाई दृष्टिगत गरी चालु आर्थिक वर्षको सुरुदेखि नै लिइएको लचिलो मौद्रिक नीतिको कार्यदिशालाई निरन्तरता दिइएको छ।
यसैगरी ब्याजदर करिडोर, बैंकदर, अनिवार्य नगद मौज्दात र वैधानिक तरलता अनुपातसम्बन्धी विद्यमान व्यवस्था यथावत् कायम गरिएको छ। ब्याजदर करिडोरलाई थप प्रभावकारी बनाउन बैंक तथा वित्तीय संस्थालाई स्थायी निक्षेप सुविधा उपलब्ध गराउने व्यवस्था पुनरावलोकन गरिने राष्ट्र बैंकले समीक्षामार्फत नीति लिएको छ।
चालु आर्थिक वर्षको मौद्रिक नीति र सोको समीक्षाहरुमा गरिएका व्यवस्थाहरुबाट मूल्य, बाह्य क्षेत्र र वित्तीय क्षेत्र स्थायित्व कायम हुँदै आर्थिक क्रियाकलाप विस्तारमा सहयोग पुग्ने अपेक्षा राष्ट्र बैंकको छ।
द्रिक नीतिको समीक्षाका क्रममा प्रत्यक्ष वा परोक्ष सहयोग पुर्याउने सबै सरोकारवालालाई धन्यवाद दिँदै राष्ट्र बैंकले मौद्रिक नीतिको कार्यान्वयनमा सदाभैmँ सबैको सहयोग रहने विश्वास व्यक्त गरेको छ।












