काठमाडौं । आज नेप्से परिसूचक १ दशमलव ७७ अंकले बढेर २,७३१ को विन्दुमा कायम भएको छ । आज १२७ कम्पनीको शेयर मूल्य बढेको छ भने १२१ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै नबिल डिबेञ्चर २०८९ का इकाईधनीले कमाएका छन् । आज यसका इकाईधनीले ७ दशमलव ७१ प्रतिशतका दरले कमाएका छन् । मोदी इनर्जीका लगानीकर्ताले ५ दशमलव २६ प्रतिशतका दरले कमाएका छन् । राष्ट्रिय बीमा कम्पनीका लगानीकर्ताले ३ दशमलव ३६ प्रतिशतका दरले कमाएका छन् ।













