IME Life New

चीन भ्रमण सकेर फर्किए डोनाल्ड ट्रम्प, भएन कुनै व्यापार सम्झौता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी जिनपिङसँगको आफ्नो वार्तालाई ‘अत्यन्त सफल, विश्वव्यापी रुपमा छलफल गरिएको र अविस्मरणीय’ भनेर वर्णन गरेका छन्।

बेइजिङमा दुई दिनको बैठकपछि ट्रम्प आज वासिंगटन प्रस्थान गरेका छन्। चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार सी जिनपिङले भ्रमणलाई ‘ऐतिहासिक र कोसेढुंगा’ भनेर वर्णन गरेका छन्।

Esewa
Crest

यद्यपि, दुई देशबीच कुनै प्रमुख व्यापार सम्झौता वा नयाँ सम्झौताको घोषणा गरिएको छैन। ट्रम्पको विमान एयर फोर्स वन बेइजिङबाट उडेको छ। बाटोमा उनले मिडियासँग अन्तक्र्रिया गर्न सक्ने विश्वास गरिएको छ र बैठकका बारेमा थप विवरणहरु खुलासा हुन सक्छ।

दुई नेताले व्यापार, तेल आपूर्ति, इरान र ताइवानजस्ता मुद्दामा छलफल गरेका थिए। यसअघि फक्स न्युजसँगको अन्तर्वार्तामा ट्रम्पले सी जिनपिङले इरानलाई सैन्य उपकरण आपूर्ति नगर्ने प्रतिबद्धता जनाएको दाबी गरेका थिए।

ट्रम्पले चीनले होर्मुज फेरि खुला राख्न चाहेको बताएका थिए। उनले भनेका थिए, ‘बेइजिङले संयुक्त राज्य अमेरिकाबाट तेल खरिद गर्न पनि सहमति जनाएको छ।’

यद्यपि, अहिलेसम्म दुवै पक्षले वार्ताको ठोस नतिजा वा कुनै औपचारिक सम्झौताका बारेमा सीमित जानकारी साझा गरेका छन्। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS