IME Life New

यस कारण इरानले पटक पटक युएईमाथि गरिरहेको छ आक्रमण, खाडीका अन्य मुलुकभन्दा बढी जोखिम

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । इरानी अधिकारीहरूले संयुक्त अरब इमिरेट्स (युएई) विरुद्ध आफ्नो युद्धकालीन सन्देशहरूलाई तीब्र पारेका छन्। अमेरिका र इजरायलले इरानमाथि पुनः आक्रमण गरेमा युएईमाथि कडा प्रहार गर्ने चेतावनी इरानले दिएको छ।

खाडी मुलुकहरूमध्ये इरानले युएईमा सर्वाधिक ड्रोन र मिसाइल आक्रणम गरेको छ। अमेरिकासँगको यूद्धविरामको अवधिमा पनि इरानका तर्फबाट यूएइमाथि हवाइ आक्रमण गरिएको थियो।

Esewa
Crest

इरानी संसदको राष्ट्रिय सुरक्षा आयोगका सदस्य अली खेजरियानले सरकारी टेलिभिजनमार्फत बोल्दै भने, “युएईसँगको हाम्रो ‘छिमेकी’ को सम्बन्ध अहिलेका लागि समाप्त भएको छ र अब उसलाई ‘शत्रुको आधार शिविर’ को रूपमा हेरिनेछ।”

अल जजिराका अनुसार, अप्रिलमा युद्धविरामको घोषणा भए पनि हालै ‘स्ट्रेट अफ हर्मुज’ मा इरान र अमेरिकाबीच भएको गोली हानाहानपछि इरानी सशस्त्र बलको ‘खातम अल-अन्बिया’ केन्द्रीय मुख्यालयले युएईको नामै तोकेर कडा वक्तव्य जारी गरेको छ। इरानी सैन्य कमाण्डरहरूले युएईका नेताहरूलाई आफ्नो देशलाई “अमेरिकी र जायोनी (इजरायली) सैन्य अड्डा” नबनाउन चेतावनी दिएका छन्।

इरानले युएईको अमेरिका र इजरायलसँग बढ्दो सैन्य र गुप्तचर सम्बन्धले क्षेत्रीय असुरक्षा बढाएको आरोप लगाएको छ। साथै, इरानका दक्षिणी टापु र बन्दरगाहमा हमला भएमा युएईले “पछुतोपूर्ण र कडा जवाफ” भोग्नुपर्ने चेतावनी दिइएको छ। इरानले युएईको महत्वपूर्ण ‘फुजैराह’ बन्दरगाह इरानी क्षेत्राधिकारभित्र पर्ने दाबी गर्दै त्यहाँ आउने-जाने जहाजहरूमाथि आफ्नो नियन्त्रण रहने बताएको छ।

इरान र युएईबीच बढ्दो तनाव र सम्भावित युद्धले नेपालका लागि गम्भीर आर्थिक र मानवीय संकट निम्त्याउन सक्छ। नेपालको कुल गार्हस्थ्य उत्पादनमा रेमिट्यान्सको ठूलो हिस्सा छ। युएई नेपालमा रेमिट्यान्स भित्रिने प्रमुख देशहरूमध्ये एक हो। यदि त्यहाँ युद्धको स्थिति आएमा वा आर्थिक गतिविधि ठप्प भएमा, नेपाल भित्रिने विदेशी मुद्राको स्रोत सुक्नेछ, जसले नेपालको शोधनान्तर स्थिति र विदेशी मुद्रा सञ्चितिमा ठूलो धक्का पुर्‍याउनेछ।

युएईमा लाखौँ नेपालीहरू निर्माण, सेवा, र सुरक्षा क्षेत्रमा कार्यरत छन्। इरानले युएईका बन्दरगाह र पूर्वाधारलाई लक्षित गरेमा त्यहाँ कार्यरत नेपालीहरूको ज्यान जोखिममा पर्न सक्छ। युद्धको डरले कम्पनीहरू बन्द हुने र ठूलो संख्यामा नेपालीहरूले रोजगारी गुमाउने अवस्था सिर्जना हुन सक्छ।

यदि स्थिति बिग्रियो भने, लाखौँ नेपालीलाई सुरक्षित रूपमा स्वदेश फर्काउनु नेपाल सरकारका लागि ठूलो चुनौती हुनेछ। यसले नेपालमा बेरोजगारीको दर एक्कासि बढाउनेछ। मध्यपूर्वमा युद्धको तनाव जारी रहँदा कच्चा तेलको झनै मूल्य बढ्ने निश्चित छ। यसले नेपालमा पेट्रोलियम पदार्थको मूल्य वृद्धिसँगै गर्दा ढुवानी खर्च र दैनिक उपभोग्य वस्तुहरू महँगो भएको छ।।

विभिन्न तथ्याङ्कहरू र वैदेशिक रोजगार विभागको विवरण अनुसार, संयुक्त अरब इमिरेट्स (युएइ) मा हाल करिब ४ लाख देखि साढे ४ लाख सम्म नेपालीहरू कार्यरत छन्। मलेसिया र कतारपछि युएई नेपाली कामदारहरूको तेस्रो वा चौथो ठूलो गन्तव्य मुलुक हो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS