IME Life New

महासंघमा प्रतिनिधित्व गर्ने पुँजीबजार सम्बद्ध व्यक्तित्वलाई स्टक ब्रोकर्स एसोसिएसनले दियो बधाइ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालले बुधबार पुँजीबजारमा आबद्ध रहेर नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)मा प्रतिनिधित्व गर्ने तथा सहभागी हुने सदस्यहरुलाई बधाइ तथा शुभकामना दिएको छ।

बधाइ तथा शुभकामना आदानप्रदान कार्यक्रममा एसोसिएसनका तर्फबाट सबै कार्यसमितिका पदाधिकारी, पूर्वअध्यक्षहरु तथा विभिन्न क्षेत्रबाट निर्वाचित महासंघका प्रतिनिधिहरुलाई आमन्त्रण गरिएको थियो। कार्यक्रममा महासंघका उपाध्यक्ष (वस्तुगत) नरेशलाल श्रेष्ठ, उपाध्यक्ष दिलसुन्दर श्रेष्ठ, उपाध्यक्ष कृष्णप्रसाद शर्मा, पुँजीबजारका भेट्रान लगानीकर्ता अम्बिकाप्रसाद पौडेल, एसोसिएसनका पूर्वअध्यक्षहरु सन्तोष मैनाली तथा प्रियाराज रेग्मी, जुना माथेमा तथा भिजन सेक्युरिटिजका सञ्चालक राजकुमार तिमिल्सिनालगायतको उपस्थिति थियो।

Esewa
Crest

कार्यक्रममा एसोसिएसनका अध्यक्ष सागर ढकालले धन्यवाद ज्ञापन गर्दै पुँजीबजारमा महासंघको भूमिका अब धितोपत्र ऐन संशोधन गर्नु तथा पुँजीबाजर बुझेको व्यक्तिको धितोपत्र बोर्डमा महासंघबाट प्रतिनिधित्व हुनुपर्नेमा जोड दिए।

त्यसैगरी भेट्रान लगानीकर्ता पौडेलले जीडीपीको ७० प्रतिशत हिस्सा पुँजीबजारको बजार पुँजीकरण पुगेको बताए। पौडेलले पहिलोपटक महासंघमा पुँजीबजारबाट ठूलो सहभागिता रहेको बताउँदै स्टक ब्रोकर्स एसोसिएसन मजबुत हुनुपर्नेमा जोड दिए।

त्यसैगरी एसोसिएसनका पूर्वअध्यक्ष सन्तोष मैनालीले पुँजीबजारमा १० कित्ते नीति समाजवादी नीति भएको र यसले बजार कर्नरिङ हुँदै गएको बताए। मैनालीले बुक बिल्डिङ विधिलाई प्रोत्साहन गर्दै शेयर बजारमा लिस्टिङ र आइपीओ नीतिमा पुनर्विचार गर्नुपर्ने समय आएको विषयमा जोड दिए।

एसोसिएसनका पूर्वअध्यक्ष एवं महासंघका कार्यकारिणी सदस्य प्रियराज रेग्मीले दोस्रो बजार चलयमान बनाउन आवश्यक रहेको बताए। उनले आफूले अब पुँजीबजारका समस्य समाधान गर्न महासंघमार्फत पहल गर्ने प्रतिबद्धता गरे।

महासंघकै नवनिर्वाचित प्रतिनिधि जुना माथेमाले स्टक ब्रोकर्स एसोसिएनले नीतिगत काम गर्नुपर्नेमा जोड दिइन्। उनले एसोसिएसनले सुझाव पेस गर्दा ३ महले बनाएर पेस गर्दा बढी प्रभावकारी हुने बताइन्। उनले २–३ मिनेटका छोटा–छोटा जनचेतनामूलक भिडियो बनाएर प्रस्तुत गर्नका लागि एसोसिएसनलाई सुझाव दिइन्।

कार्यक्रममा एसोसिएसनका उपाध्यक्ष नितेशकुमार अग्रवालले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको सञ्चालन महासचिव भक्तिराम घिमिरेले गरेका थिए। कार्यक्रममा एसोसिएसनबाट सबै पदाधिकारीको उपस्थिति थियो। कार्यक्रममा आर्थिक पत्रकार कुमार खतिवडालाई उत्कृष्ट कलम चलाएबापत सम्मान पनि गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS