IME Life New

जन्मदिनको अवसरमा “धन सागर बीमा पोलिसी” उपहार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमाको महत्व बुझ्दै पछिल्लो समयमा जन्मदिन जस्ता विशेष अवसरमा आफ्ना सन्तान तथा प्रियजनलाई बीमा पोलिसी उपहार दिने चलन बढ्दै गएको छ । आफ्ना सन्तान र परिवारको भविष्य सुरक्षित र सुनिश्चित होस् भन्ने उद्देश्यले नेपालमा जन्मोत्सव, वैवाहिक वर्षगाँठ लगायतका विशेष अवसरमा बीमा उपहार दिने शुभकार्यले प्राथमिकता पाउँदै गएको देखिन्छ ।

यसै क्रममा भरतपुर–११, चितवन निवासी बुद्धिमान श्रेष्ठले आफ्ना छोरा सुदीप श्रेष्ठको जन्मदिनको अवसर पारेर रु। २० लाखको “हिमालयन धन सागर बीमा पोलिसी” उपहार प्रदान गरेका छन् । उनले हिमालयन लाइफ इन्स्योरेन्स, भरतपुर शाखामार्फत २० वर्ष अवधिको उक्त बीमा योजना खरिद गरी जन्मदिनलाई अझ विशेष बताए ।

Esewa
Crest

आजको समयमा बीमालाई केवल बचतको माध्यम मात्र नभई भावी सन्ततीको उज्ज्वल भविष्य निर्माण, जोखिम न्यूनीकरण तथा बुढेसकालको सहारा हुने भएकाले उनले बमिा पोलिसी उपहार दिएको बताए ।

अनावश्यक खर्चलाई नियन्त्रण गर्दै भविष्यमा आवश्यक पर्ने शिक्षा तथा स्वास्थ्य खर्चको सुनिश्चितता गर्न जन्मदिनमा बीमा पोलिसी उपहार दिनु अत्यन्त सकारात्मक र दूरदर्शी कदम भएको अभिकर्ता पार्वती अधिकारीले बताइन् ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS