काठमाडौं । सरकारले सम्पत्ति शुद्धीकरण निवारणका सबै अन्तर्राष्ट्रिय मापदण्ड पालना गर्ने घोषणा गरेको छ।
सरकारले आगामी आर्थिक वर्ष २०८३।८४ को नीति तथा कार्यक्रममार्फत घोषणा गरेको हो। नीति तथा कार्यक्रम आज सिंहदरबारमा बसेको संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेले प्रस्तुत गरिरहेका छन्।
सम्पत्ति शुद्धीकरण निवारणका लागि जोखिममा आधारित नियमन, सुपरिवेक्षण र अभियोजन प्रणाली लागू गर्ने नीति पनि सरकारले लिएको छ।












