IME Life New

अत्याधिक गर्मीबाट आफ्नो सम्पत्तिलाई जोगाउन बीमा कसरी छनौट गर्ने ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । गर्मीको प्रकोप बढ्दै गइरहेको छ। यसले मानिसलाई मात्र नभई भवन र सम्पत्तिलाई पनि समस्या निम्त्याउँछ। जलवायु परिवर्तनको प्रतिकुल प्रभावसँगै बढेको तीव्र गर्मीले जनजीवन अस्तव्यस्त बनाउने गर्छ।

गर्मी मौसममा जनजीवन अस्तव्यस्त हुनेमात्र नभएर भौतिक सम्पत्ति घर, भवन, विद्युतीय उपकरणमा अधिक तापक्रमका कारण हुने नोक्सानीको मात्रा पनि बढ्न थाल्छ। यो मौसममा विशेषगरी भवनको भित्तामा चिरा पर्ने, पर्खालको रङ फुंग देखिने, छानाको कटान हुने र विद्युतीय उपकरणमा खराबी आउनेजस्ता धेरै समस्या निम्त्याउँछ।

Esewa
Crest

बीमाबारे सीमित सचेतना भएको हाम्रो समाजमा अहिले पनि बीमा भनेको मान्छेको बीमा वा अनिवार्य गरिएको मोटर बीमामात्र बीमा हो भन्ने बुझाइ छ। त्यसैले यहाँ जीवन बीमा गरे पनि सम्पत्तिको सुरक्षाका लागि बीमा गर्ने प्रचलन अझै पनि हुन सकेको छैन। घर, विद्युतीय उपकरण, फर्निचर, बहुमूल्य सामग्रीलगायत सम्पत्ति बीमा गर्दा मानसिक तनावबाट मुक्त हुनेमात्र नभएर थुप्रै फाइदा सुनिश्चित गर्न सकिन्छ। सम्पत्ति बीमा गर्दा प्राप्त हुन सक्ने केही लाभ यस्ता छन्ः

अत्याधिक गर्मीबाट सम्पत्ति जोगाउन बीमा

  • कहिलेकाहीँ अत्याधिक गर्मीका कारण निर्माण सामग्री चर्किन्छ र फैलिँदै जान्छ। जसले गर्दा भित्ताहरुमा चिरा देखापर्छ।
  • तातो घामले छानाको टायल, कंक्रिट र पानी प्रतिरोधी तहलाई पनि कमजोर बनाउँछ। जसका कारण समस्या बढ्न सक्छ।
  • अत्याधिक गर्मीका कारण भवनको बाहिरी भित्ताको रङ फिक्का हुन्छ। जसका कारण रङ उड्न थाल्छ।
  • तीव्र गर्मीका कारण एयर कण्डिनशर, पानी तान्ने मोटर पम्प, रेफ्रिजरेटर, वाटर कुलर, कुलर पंखाका साथै अन्य उपकरणमा प्रभाव पर्छ।जसले गर्दा विद्युतीय उपकरणहरुमा खराबी आउने वा बिजुलीको बिल बढ्ने समस्या हुन सक्छ।
  • अत्याधिक गर्मीले काठ र फर्निचरलाई बढी क्षति पुर्याउँछ।

अत्याधिक गर्मीका कारण सम्पत्तिमा यस्तै प्रकारका अन्य धेरै क्षति हुन सक्छन्। यस्तो अवस्थामा सम्पत्ति बीमाले तपाइँलाई भर्पाइ गर्न मद्दत गर्छ।

तपाइँलाई थाहा छ सम्पत्ति बीमा भनेको के हो ?

सम्पत्ति बीमाले प्राकृतिक प्रकोप वा आगलागी, चोरी, अत्याधिक गर्मी वा अन्य कुनै पनि प्रकारको जोखिमजस्ता अन्य क्षतिबाट हुने घर, भवन वा व्यावसायिक सम्पत्तिको क्षतिलाई कभर गर्दछ। यस अन्तर्गत सम्पत्ति मर्मत गर्दा लाग्ने खर्च बहन गरिन्छ।

सम्पत्ति बीमा किन महत्वपूर्ण ?

वित्तीय सुरक्षाः यदि तपाईले आफ्नो सम्पत्तिको बीमा गर्नुभयो भने यसले आर्थिक सुरक्षाको ग्यारेन्टी गर्नेछ। उदाहरणका लागि गर्मी, आगलागी, बाढी वा भूकम्प आदिबाट हुने क्षतिको मर्मत लागत बीमा कम्पनीले व्यहोर्नेछ।

आवश्यकताअनुसार कभरेज छनौटः तपाइँ आफ्नो आवश्यकताअनुसार सम्पत्ति बीमा कभरेज छनौट गर्न सक्नुहुन्छ। जस्तै मौसमसँग सम्बन्धित क्षति, चोरी वा आगलागी आदि।

सम्पत्ति नोक्सानको चिन्ताबाट मुक्तिः यदि तपाइँसँग सम्पत्ति बीमा छ भने तपाइँले सम्पत्ति क्षतिको बारेमा चिन्ता लिनुपर्दैन।

पुनर्निर्माणमा सहयोगः धेरैपटक बीमा योजनाहरूले कानूनी खर्चसँगै पुनर्निर्माण लाभहरु पनि समेट्छन्।

अत्याधिक गर्मीबाट आफ्नो सम्पत्तिलाई जोगाउन सम्पत्ति बीमा कसरी छनौट गर्ने ?

सम्पत्ति छनौट गर्दा तपाईले आफ्नो बीमालेखले गर्मी, आगो र मौसमसँग सम्बन्धित अन्य क्षति कभर गर्छ कि गर्दैन भनेर सुनिश्चित गर्न आवश्यक छ।

  • तपाइँले आफ्नो बजेटभित्र पर्ने र यसको दाबी प्रक्रिया पनि सजिलो हुने बीमालेख छनौट गर्नुपर्छ।
  • सधैँ भरपर्दो र राम्रो मूल्यांकन भएका कम्पनीबाट बीमा किन्नुहोस्।
  • यदि तपाईको सम्पत्तिमा महँगो फर्निचर छ भने त्यसका लागि अतिरिक्त जोखिम बहन छनौट गर्नुहोस्।
  • बीमा गर्नुअघि सबै नियम र शर्त ध्यानपूर्वक पढ्नुहोस्। ता कि पछि कुनै समस्या नहोस्।
  • बीमा योजना छनौट गर्नुअघि यदि कुनै क्षति भयो भने मर्मतको कति लागत बीमा कम्पनीले वहन गर्नेछ भन्ने कुरा सुनिश्चित गर्नुपर्छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS