IME Life New

रोयल टुलिप काठमाडौंले आइपीओ निष्काशन गर्ने, नबिल इन्भेष्टमेण्ट बैंकिङसँग गर्यो सम्झौता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेड र द म्यासिफ होटल प्राइभेट लिमिटेड (रोयल टुलिप काठमाडौं) ग्वार्को ललितपुरबीच संस्थागत परामर्श सेवा अन्तर्गत कम्पनीलाई सर्वसाधारणमा सार्वजनिक निष्काशनको कार्य गरी एक सूचिकृत कम्पनी बनाउनका लागि आवश्यक तयारी गर्ने उद्देश्यका साथ प्राईभेट कम्पनीलाई पब्लिक लिमिटेड कम्पनीमा रुपान्तरण गर्ने लगाएतका समन्वयकारी/सहयोगी भुमिका निर्वाह गर्नेसम्मको कार्यका लागि संस्थागत परामर्श सेवा अन्तर्गत आइपीओको बाटो (रोड टु आइपी ओ)सम्बन्धि सम्झौता सम्पन्न भएको छ ।

सो सम्झौतापत्रमा द म्यासिफ होटल प्राइभेट लिमिटेडको तर्फबाट अध्यक्ष राजेन्द्र शाक्य र नबिल इन्भेष्टमेन्टको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरेका छन् ।

Esewa
Crest

फ्रान्सको अन्तर्राष्ट्रिय चेन ब्राण्डका रुपमा रहेको रोयल टुलिप काठमाण्डौको नामबाट संचालित द म्यासिफ होटल प्राइभेट लिमिटेड ललितपुर जिल्लाको ग्वार्कोमा रहेको छ । यस होटलमा ३०८ कोठाहरु र सुइट रुमहरु रहेका छन् । यस होटललाई नेपालकै सबैभन्दा बढी रुम भएको र सानो ठुलो गरी १० वटा बैठक हलहरु भएको होटलको रुपमा पनि मान्न सकिन्छ । आधुनिक वास्तुकलाले युक्त यो पाँच तारे होटल हो । उच्चस्तरीय सुविधा सम्पन्न ३०८ वटा सुन्दर ढंगले डिजाईन गरिएका कोठाहरु र सुइटहरु यसमा रहेका छन् जुन अत्याधुनिक सुबिधा प्रदान गर्न आधुनिक सुबिधाहरुले सुसज्जित र भरिपुर्ण रहेका छन् ।

लुभावनी दृश्यहरुदेखि व्यक्तिगत सेवाहरुसम्म प्रदान गर्ने यस होटलले ग्राहकहरुको भ्रमणको हरेक क्षणलाई यादगार बनाउन प्रयासरत होटलको आफ्नै अत्याधुनिक हेल्थ क्लब रहेको छ । होटलको इन हाउस रेष्टुरेन्टमा विश्वस्तरीय भोजनको आनन्द लिन सकिन्छ भने होटलमा कायाकल्प गर्ने तथा स्पामा आराम गर्न सकिन्छ साथै होटलको अत्याधुनिक बैठक हलहरुमा कार्यक्रमहरुको आयोजना गर्न सकिन्छ । द म्यासिफ होटल (रोयल टुलिप काठमाण्डौं) को पहिलो प्राथमिकता भनेको आफ्ना ग्राहकहरुलाई सन्तुष्टि प्रदान गर्नुु नै हो भन्ने कम्पनीले जनाएको छ । आफ्नो रमाईलो यात्राको सुरुवात द म्यासिफ होटल (रोयल टुलिप काठमाडौं) बाट गर्न सकिने उत्कृष्ट गन्तव्य रहेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS