IME Life New

त्रिभूवन विमानस्थलमा टर्किस एयरको विमानमा आगलागी, सबै यात्रु सुरक्षित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सोमबार बिहान त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा टर्किस एयरलाइन्सको विमानको चक्कामा आगलागी भएको छ।

इस्तानबुलबाट काठमाडौंका लागि उडेको TK726 कलसाइन भएको विमान आज बिहान करिब ६:४५ बजे धावनमार्गमा अवतरण गरिरहेको थियो।

Esewa
Crest

विमानले धावनमार्गमा टेकेलगत्तै विमानको टायर  बाट आगोको लप्का र धुवाँ देखिएको थियो। प्राविधिक समस्याका कारण टायरमा घर्षण भई आगो लागेको प्रारम्भिक अनुमान गरिएको छ।

विमानमा आगो देखिने बित्तिकै विमानस्थलका दमकल र उद्धार टोली घटनास्थल पुगेका थिए। टोलीले तत्कालै आगो नियन्त्रणमा लिएको थियो।

विमानमा सवार सबै यात्रु र चालक दलका सदस्यहरूलाई आपतकालीन ढोकाबाट सुरक्षित रूपमा बाहिर निकालिएको छ। यस घटनामा हालसम्म कुनै मानवीय क्षतिको विवरण प्राप्त भएको छ।

घटनापछि केही समयका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान र अवतरण प्रभावित भएको थियो। अहिले विमानलाई धावनमार्गबाट हटाएर प्राविधिक परीक्षण गर्ने कार्य भइरहेको छ।

विमानस्थल कार्यालयका अनुसार विमानमा भएको क्षतिको विस्तृत विवरण र आगलागीको वास्तविक कारण पत्ता लगाउन अनुसन्धान सुरु गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS