IME Life New

ओरिएन्टल इन्स्योरेन्सको बढ्यो व्यापार, नाफा ३०.६६ करोड, बीमा कोषमा २००% बढीको छलाङ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ओरिएन्टल इन्स्योरेन्सले आर्थिक वर्ष २०८२।८३ को तेस्रो त्रैमास (साउन–चैत)सम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशन गरेको छ।

वित्तीय विवरणअनुसार चालु आर्थिक वर्षको ९ महिनामा कम्पनीले ३० करोड ६६ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्ष २०८१।८२ को यही अवधिसम्म कम्पनीले १३ करोड ८३ लाख रुपैयाँ घाटा व्यहोरेको थियो।

Esewa
Crest

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनीको स्पेसल रिजर्भमा १ अर्ब ७९ करोड ४९ लाख रुपैयाँ, महाविपत्ति कोषमा ७ करोड ६७ लाख रुपैयाँ, रिटेन्ड अर्निङ १२ लाख १५ हजार रुपैयाँ र अन्य इक्विटीमा ८७ करोड ४९ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष असार मसान्तसम्म कम्पनीको स्पेसल रिजर्भमा १ अर्ब ६६ करोड ११ लाख रुपैयाँ, महाविपत्ति कोषमा ६ करोड ३३ लाख रुपैयाँ र अन्य इक्विटीमा ७८ करोड १९ लाख रुपैयाँ थियो भने रिटेन्ड अर्निङ ६ करोड ३० लाख रुपैयाँले ऋणात्मक रहेको थियो।

कम्पनीको बीमा कोषमा ८ अर्ब ८२ करोड २० लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीको बीमा कोषमा २ अर्ब ८० करोड १९ लाख रुपैयाँ रहेको थियो। बीमा कोषको आकार २१४.८५ प्रतिशतले बढेको छ।

समीक्षा अवधिसम्म कम्पनीले १ अर्ब ८० करोड ७९ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले १ अर्ब ६२ करोड ८३ लाख कुल बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको कुल बीमाशुल्क आर्जन ११.०३ प्रतिशतले बढेको छ।

चालु वर्षको चैतसम्म कम्पनीले १ अर्ब ६ करोड ५९ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले ८३ करोड १९ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको खुद व्यापार २८.१३ प्रतिशतले बढेको छ।

कम्पनीको सोल्भेन्सी रेसियो २.७३ रहेको छ। यो रेसियो नेपाल बीमा प्राधिकरणले तोकेको भन्दा दोब्बर बढी हो। प्राधिकरणले निर्जीवन बीमकलाई सोल्भेन्सी रेसियो १.३ भन्दा माथि हुनुपर्ने प्रावधान निर्धारण गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS