IME Life New

हिमालयन लाइफद्वारा ४०९ जना विद्यार्थीलाई स्कुल ब्याग हस्तान्तरण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी प्रादेशिक कार्यालय बागलुङद्वारा देविस्थान माध्यमिक विद्यालयका ४०९ जना विद्यार्थीलाई स्कुल ब्याग हस्तान्तरण गरिएको छ।

निसीखोला गाउँपालिका–१ स्थित देविस्थान माध्यमिक विद्यालयका कक्षा नर्सरीदेखि कक्षा ११ सम्म अध्ययनरत सबै विद्यार्थीलाई झोला उपलब्ध गराइएको विद्यालयका प्रधानाध्यापक झक बहादुर क्षेत्रीले बताए ।

Esewa
Crest

हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीका सहायक कार्यकारी प्रमुख हरि प्रसाद ढुङ्गाना, प्रादेशिक प्रमुख गणेश धमला, उप–प्रादेशिक प्रमुख बलराम गौतम, बुर्तिबाङ शाखा प्रमुख प्रेमराज पौडेल लगायतको उपस्थितिमा उक्त सामग्री हस्तान्तरण गरिएको हो।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष भरत पुन मगरको अध्यक्षता, निसीखोला गाउँपालिका वडा नम्बर १ का अध्यक्ष चन्द्रसिंह रामजालीको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा अभिभावक र स्थानीय जनप्रतिनिधिको रोहबरमा वितरण गरिएको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS