IME Life New

नागरिक लगानी कोषको नाफा साढे ९८ करोड माथि, १०.५६%ले बढ्यो बीमा कोष दायित्व

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नागरिक लगानी कोष (सीआईटी)ले गत आर्थिक वर्ष २०८२।८३ को तेस्रो त्रैमास (साउन–चैत)सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

समीक्षा वर्षमा कोषले चालु आर्थिक वर्षको पहिलो ९ महिनामा ९८ करोड ६० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष २०८१।८२ को चैतसम्म कोषले ८९ करोड ९० लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा कोषको नाफा ९.६८ प्रतिशतले बढेको छ।

Esewa
Crest

अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिसम्म कोषको ब्याज आम्दानी ८.२३ प्रतिशतले बढेर २५ करोड ९८ लाख रुपैयाँमा खम्चिएको छ। अघिल्लो वर्ष यही अवधिमा कोषको ब्याज आम्दानी २४ करोड १ लाख रुपैयाँ थियो।

समीक्षा अवधिसम्म कोषले सेवा शुल्क तथा कमिसनबापत १ अर्ब ३० करोड ७१ लाख रुपैयाँ आम्दानी गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म यस्तो आम्दानी १ अर्ब १९ करोड ८६ लाख रुपैयाँ थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा कोषको सेवा शुल्क तथा कमिसनबापतको आम्दानी ९.०५ प्रतिशतले बढेको छ।

चुक्तापुँजी ६ अर्ब ८० करोड ५७ लाख रुपैयाँ रहेको कोषको जगेडा कोषको आकार ३३.३४ प्रतिशतले घटेर १२ अर्ब ६८ करोड १ लाख रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष जगेडा कोषमा १९ अर्ब २ करोड १० लाख रुपैयाँ थियो।

समीक्षा अवधिसम्म कोषको कुल लगानी ३ खर्ब ११ अर्ब ४९ करोड रुपैयाँ रहेको छ। अघिल्लो वर्ष सोही अवधिसम्म कोषको कुल लगानी २ खर्ब ७८ अर्ब ४३ करोड रुपैयाँ थियो। एक वर्षमा कोषको लगानी ११.८७ प्रतिशतले बढेको छ।

चैतसम्म कम्पनीको बीमा कोष दायित्व ४ अर्ब १४ करोड ७७ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीको बीमा कोष दायित्व ३ अर्ब ७५ करोड १५ लाख रुपैयाँ थियो। बीमा कोष दायित्व १०.५६ प्रतिशतले बढेको छ।

चालु आर्थिकको चैतसम्म कोषको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) सामान्य बढेर १९.३२ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष ईपीएस १८.४९ रुपैयाँ थियो। लगानीमा प्रतिफल ४.३६ प्रतिशत रहेको कोषको प्रतिसेयर नेटवर्थ १४७.११ रुपैयाँ रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS