IME Life New

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको कुल व्यापार रु. २.६९ अर्ब माथि, बीमा कोषमा छलाङ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले आर्थिक वर्ष २०८२।८३ को तेस्रो त्रैमास (साउन–चैत)सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

वित्तीय विवरणअनुसार कम्पनीले चालु आर्थिक वर्षको पहिलो ९ महिनामा ४ करोड १ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्ष २०८१।८२ को यही अवधिसम्म कम्पनीले ४५ करोड ३६ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा नाफा ९१.१५ प्रतिशतले घटेको छ।

Esewa
Crest

चालु आर्थिक वर्षको चैतसम्म कम्पनीको विशेष जगेडामा २ अर्ब ५० करोड रुपैयाँ, महाविपत्ति कोषमा २३ करोड १८ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ३३ करोड २७ लाख रुपैयाँ र अन्य इक्विटीमा १ अर्ब १४ करोड ६२ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्षको असार मसान्तसम्म विशेष जगेडामा २ अर्ब ५० करोड रुपैयाँ, महाविपत्ति कोषमा २२ करोड ७८ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ९९ करोड ८७ लाख रुपैयाँ र अन्य इक्विटीमा १ अर्ब १६ करोड ६८ लाख रुपैयाँ रहेको थियो।

समीक्षा अवधिसम्म कम्पनीको बीमा कोषमा ११ अर्ब १५ करोड ९९ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष असार मसान्तसम्म बीमा कोषमा ५ अर्ब ६३ करोड ७३ लाख रुपैयाँ थियो। अघिल्लो वर्षको ९७.९७ प्रतिशतले बढेको छ।

तेस्रो त्रैमाससम्म कम्पनीले २ अर्ब ६९ करोड ९८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्ष चैतसम्म कम्पनीले २ अर्ब ६७ करोड ५४ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा कम्पनीको कुल बीमाशुल्क आर्जन ०.९१ प्रतिशतले बढेको छ।

कम्पनीले समीक्षा अवधिसम्म १ अर्ब ३० करोड ६ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्षको सोही अवधिसम्म कम्पनीले १ अर्ब ३७ करोड ४ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा खुद बीमाशुल्क ५.०९ प्रतिशतले घटेको छ।

समीक्षा अवधिमा शेयरपुँजी २ अर्ब ८० करोड ६५ लाख रुपैयाँ रहेको कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) घटेर १.९१ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष ईपीएस २१.५५ रुपैयाँ थियो। कम्पनीको प्रतिशेयर नेटवर्थ २५०.०६ रुपैयाँ रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS