IME Life New

शेयर बजारमा ६.९४ अंकको वृद्धि, कारोबार रकम भने घट्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज शेयर बजार बढेर बन्द भएको छ । आज नेप्से परिसूचक ६ दशमलव ९४ अंकले बढेर २,७१८ को विन्दुमा कायम भएको छ । आज १५५ कम्पनीको शेयर मूल्य बढेको छ भने १०२ कम्पनकिो घटेको छ ।

आज दिनभरिमा ३३४ कम्पनीको ६६ करोड ८४ लाख कित्ता शेयर किनबेच हुँदा २ अर्ब ९३ करोडको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै एनआरएनको शेयर कारोबार भएको छ । आज यस कम्पनीको १७ करोड ६८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेशनल हाइड्रोपावरको १४ करोड ३४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिलायन्स स्पीनिङ मिल्सको १४ करोड १५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Esewa
Crest

आज सबैभन्दा धेरै स्वाबलम्बन लघुवित्तका लगानीकर्ताले कमाएका छन् । आज यसका लगानीकर्ताले १२ दशमलव १९ प्रतिशतका दरले कमाएका छन् । सिर्जनशिल लघुवित्तका लगानीकर्ताले ४ दशमलव २९ प्रतिशतका दरले कमाएका छन् । पियोर इनर्जीका लगानीकर्ताले ४ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै फरवार्ड माइक्रोफाइनान्सका लगानीकर्ताले गुमाएका छन् । आज यसका लगानकिर्ताले १३ दशमलव २४ प्रतिशतका दरले गुमाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS