IME Life New

एनआईसी एशिया लघुवित्तद्वारा लेखापाल कर्मचारीलाई दक्षता अभिवृद्धि तालिम

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडद्वारा आफ्ना विभिन्न शाखा कार्यालयहरूमा कार्यरत लेखापाल कर्मचारीहरूको व्यावसायिक दक्षता अभिवृद्धि गर्ने उद्देश्यले वेसिक एकान्टिङ एन्ड फाइनान्स म्यानेजमेन्ट ट्रेनिङ कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिएको छ।

तालिमको दोस्रो दिनमा सहभागीहरूलाई लघुवित्तमा लेखाको आधारभूत अवधारणा तथा व्यवहारिक प्रयोग, वित्तीय विवरणहरूको संरचना तथा विश्लेषण, दैनिक लेखा अभिलेख व्यवस्थापन तथा सुदृढ आन्तरिक नियन्त्रण प्रणालीको महत्वबारे विस्तृत जानकारी प्रदान गरिएको थियो। साथै, उक्त प्रशिक्षणले सहभागीहरूलाई आफ्नो दैनिक कार्यसम्पादनलाई अझ प्रभावकारी, व्यवस्थित र परिणाममुखी बनाउन आवश्यक व्यावहारिक सीप तथा ज्ञान प्रदान गरेको छ।

Esewa
Crest

कार्यक्रममा संस्थाका लेखा, वित्त तथा योजना विभागका विभागीय प्रमुख आशिष गौतमले लेखा सम्बन्धी विभिन्न महत्वपूर्ण पक्षहरूलाई व्यवहारिक उदाहरणसहित स्पष्ट पार्दै सहभागीहरूलाई उपयोगी ज्ञान प्रदान गरे । उनले विशेषगरी लेखा व्यवस्थापनको प्रभावकारिता, वित्तीय अनुशासन तथा डिजिटल प्रणालीको प्रयोगमार्फत सुरक्षित र पारदर्शी कारोबार सुनिश्चित गर्ने विषयमा जोड दिए ।

साथै, सोही विभागका कर्मचारी बिनोद निरौलाले QR Code सम्बन्धी थप प्राविधिक जानकारी दिनुका साथै Bank Reconciliation सम्बन्धी महत्वपूर्ण विषयहरूबारे स्पष्ट पारे । त्यसैगरी, तालिम तथा ग्राहक संरक्षण विभागका कर्मचारी सुन्दर कुमार बोटले भाखा नाघेको कर्जाको प्रभावबारे प्रकाश पार्दै कर्जाको सही सदुपयोग, समयमै किस्ता भुक्तानी र संस्थालाई थप सुदृढ बनाउने विषयमा जोड दिए । उक्त तालिम कार्यक्रमको सहजीकरण समेत उनले नै गरेका थिए ।

यस प्रकारका तालिम कार्यक्रमहरूले कर्मचारीहरूको क्षमता अभिवृद्धि गर्नुका साथै संस्थागत सुदृढीकरणमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिइएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS