काठमाडौं । बागमती प्रदेश सरकारले आज वैशाख २४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेश सरकारको सरकारी कामकाजको भाषा सम्बन्धी दिवसको अवसरमा बागमती प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय भएको हो ।
प्रदेशको राजपत्रको खण्ड ९ सख्या ०९ प्रदेश राजपत्र भाग ३ मिति २०८२/१२/२३ गते प्रकाशित सूचना अनुसार बिदा दिने निर्णय भएको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ ।
यस अवसरमा आज सरकारी कार्यालय, बैंक वित्त कम्पनी, बीमा कम्पनी तथा शेयर कारोबार बन्द हुनेछन् ।













