IME Life New

सरकारद्वारा सबै १२ वटै निजामती र स्वास्थ्य सेवाका ट्रेड युनियन खारेज

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौ । सरकारले निजामती र स्वास्थ्य सेवाका सबै १२ वटै ट्रेड युनियन खारेज गरेको छ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले आज एक सूचना जारी गर्दै देशमा क्रियाशील सबै राष्ट्रियस्तरका निजामती र स्वास्थ्य सेवाका कर्मचारीका ट्रेड युनियन खारेज गरिएको जानकारी दिएको हो। सरकारले हालै जारी गरेको नयाँ अध्यादेशअनुसार निजामती सेवा ऐन, २०४९ (दोस्रो संशोधन, २०६४) र नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ (चौथो संशोधन, २०७०) अन्तर्गत विभागमा दर्ता भई क्रियाशील रहेका सबै राष्ट्रियस्तरका ट्रेड युनियन खारेज गरिएको सूचनामा स्पष्ट पारिएको छ।

Esewa
Crest

विभागका प्रवक्ता इन्जिनियर मणिनाथ गोपद्वारा सूचनामा सरकारले जारी गरेको संवत् २०८३ सालको अध्यादेश नम्बर ७ ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश’ को व्यवस्थालाई मुख्य कानुनी आधार बनाएर ती युनियनको दर्ता खारेज गर्ने निर्णय गरिएको उल्लेख छ।

यस निर्णयसँगै निजामती सेवा ऐन, २०४९ (दोस्रो संशोधन, २०६४)को दफा ५३ को उपदफा (२) बमोजिम दर्ता भएका राष्ट्रियस्तरका कर्मचारी ट्रेड युनियनहरु खारेज भएका छन्। खारेजीमा पर्ने कर्मचारी युनिहरुमा नेपाल निजामती कर्मचारी संगठन (दर्ता नम्बर २१४), नेपाल निजामती कर्मचारी युनियन (दर्ता नम्बर २१५), नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठन (दर्ता नम्बर २२१), नेपाल मधेशी निजामती कर्मचारी मञ्च (दर्ता नम्बर २३१), नेपाल स्वास्थ्यकर्मी संघ (दर्ता नम्बर २७२), मधेशी स्वास्थ्यकर्मी फोरम नेपाल (दर्ता नम्बर २८४), एकीकृत सरकारी कर्मचारी संगठन, नेपाल (दर्ता नम्बर ५२३) र स्वतन्त्र राष्ट्रसेवक कर्मचारी संगठन नेपाल (दर्ता नम्बर ५७०) छन्।

त्यस्तै नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ को दफा ९२ क (१) बमोजिम दर्ता भएर स्वास्थ्य क्षेत्रमा क्रियाशील रहेका राष्ट्रियस्तरका ट्रेड युनियनहरु नेपाल स्वास्थ्यकर्मी युनियन (दर्ता नम्बर ३६०), स्वास्थ्यकर्मी युनियन नेपाल (दर्ता नम्बर ३६१), राष्ट्रिय स्वास्थ्यकर्मी संघ, नेपाल (दर्ता नम्बर ३६४) र राष्ट्रिय प्रगतिशिल स्वास्थ्यकर्मी संगठन (दर्ता नम्बर ५५२) पनि खारेज भएका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS