काठमाडौं । शेयर बजार बुधबार झिनो अंकले घटेको छ। नेप्से परिसूचक १.६४ अंकले घटेर २७११.२२ को विन्दुमा बन्द भएको हो।
बजार सामान्य अंकले घट्दा नेप्से उपसमूहमा रहेका ८ वटा समूह बढेका छन् भने ५ वटा घटेका छन्। यो दिन म्युचुअल फन्ड समूह सर्वाधिक ०.८० प्रतिशतले बढ्दा उत्पादन तथा प्रशोधन समूहमा सर्वाधिक ०.५६ प्रतिशतको गिरावट देखिएको छ।
आज बजारमा १०४ कम्पनीको शेयरभाउ बढ्दा १४९ कम्पनीको घटेको छ। यो दिन १५ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।
बजारमा आज ३ अर्ब १९ करोड रुपैयाँ बढीको कारोबार भएको छ। सर्वाधिक कारोबार सोलु हाइड्रोपावरको भएको छ।
उच्च कारोबार भएका १० कम्पनी
- सोलु हाइड्रोपावरः २२ करोड ११ लाख रुपैयाँ
- रिलायन्स स्पिनिङ मिल्सः १६ करोड ७ लाख रुपैयाँ
- नेसनल हाइड्रोपावरः १४ करोड ८८ लाख रुपैयाँ
- ङादी ग्रुप पावरः १२ करोड ४१ लाख रुपैयाँ
- अपर लोहरे खोला हाइड्रोपावरः १० करोड २१ लाख रुपैयाँ
- झापा इनर्जीः ७ करोड २६ लाख रुपैयाँ
- रिडी पावरः ६ करोड ३५ लाख रुपैयाँ
- आँखुखोला जलविद्युतः ६ करोड ३५ लाख रुपैयाँ
- लुम्बिनी विकास बैंकः ६ करोड २८ लाख रुपैयाँ
- एसवाई प्यानलः ५ करोड ९३ लाख रुपैयाँ












