IME Life New

ट्रेड युनियनका कार्यालय बन्द गरी कर्मचारीलाई दरबन्दीमा खटाउन सरकारको निर्देशन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारले ट्रेड युनियनका कार्यालयहरु बन्द गरी कर्मचारी दरबन्दीमा खटाउन निर्देशन दिएको छ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आज परिपत्र जारी गर्दै यस्तो निर्देशन दिएको हो। ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०८३ बाट निजामती सेवा ऐन, २०४९ को दफा ५३ मा रहेको ट्रेड युनियनसम्बन्धी व्यवस्था खारेज भएको छ’, सबै मन्त्रालय, विभाग, आयोग, सचिवालय तथा निकायहरुका लागि जारी परिपत्रमा भनिएको छ, ‘त्यसलै तहाँ तथा अन्तर्गतका निकायहरुमा रहेका निजामती कर्मचारीसँग सम्बन्धित ट्रेड युनियन (आधिकारिक ट्रेड युनियनसमेत)का विभागीय तथा अन्य समितिका कार्यालय बन्द गर्ने व्यवस्था मिलाउन आग्रह छ।’

Esewa
Crest

ती समिति र समितिमा आबद्ध रहेका कर्मचारीले ट्रेड युनियनको प्रयोजनका लागि कार्यालय भवन, कार्यकक्ष, सवारीसाधनलगायतका अन्य सेवासुविधा तथा सरकारी सम्पत्ति उपयोग गरेको भए सम्बन्धित कार्यालयले फिर्ता लिन पनि मन्त्रालयले आग्रह गरेको छ। ‘ट्रेड युनियनका विभिन्नस्तरका समितिमा आबद्ध भएका कर्मचारीलाई तोकिएको दरबन्दीअनुसारको कार्य जिम्मेवारीमा खटाउने व्यवस्था मिलाउन अनुरोध छ’, परिपत्रमा भनिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS